close

जिओबुक ल्यापटप सार्वजनिक, मूल्य २५ हजार रुपैयाँ !

टेकपाना टेकपाना

कात्तिक ४, २०७९ १३:५६

जिओबुक ल्यापटप सार्वजनिक, मूल्य २५ हजार रुपैयाँ !

काठमाडौं । भारतमा १५ हजार भारतीय रुपैयाँ पर्ने ‘जीओबुक’ ल्यापटपकाे बिक्री सुरू भएको छ । भारतीय मोबाइल सेवा प्रदायक रिलायन्स जीओले कम आयस्तर भएका उपभोक्तालाई लक्षित गर्दै 'जीओबुक' बजारमा ल्याएको हो ।

गत महिना रिलायन्सले आफ्नो पहिलो ल्यापटप सार्वजनिक गरेको थियो । यो ल्यापटप जीओ अपरेटिङ सिस्टम (जीओओएस) मा आधारित छ । जीओओएस एन्ड्रोइडमा आधारित कस्टमाइज अपरेटिङ सिस्टम हो ।

यसले स्थानीय भाषा सपोर्ट गर्ने कम्पनीको भनाइ छ । उत्कृष्ट पर्फमेन्स रहेकाे बताइएकाे यो ल्यापटपकाे मूल्य १५ हजार ७९९ भारू (लगभग २५ हजार २८० रुपैयाँ ) रहेको छ । यस ल्यापटपमा थुप्रै जीओ एप र माइक्रोसफ्ट ३५६ सेवा समावेश छन् ।

कम्पनीले गत महिना मोबाइल कङ्ग्रेस ट्रेडमा याे ल्यापटप प्रदर्शन गरेको थियो ।

११.६ इन्च एचडी डिस्प्ले भएको ल्यापटपमा १३६६*७६८ रेजोलुसनको स्क्रिन छ । क्वालकम ६४ बिट, २ गिगाहर्ज अक्टाकोर प्रोसेसरद्वारा सञ्चालितल्यापटमा २ जीबी र्‍याम छ । त्यस्तै यसमा जीओको इम्बेडेड सिमकार्ड रहेको छ, जसले फोरजी एलटीई कनेक्टिभिटी सपोर्ट गर्ने बताइएको छ ।

कम्पनीले यस ल्यापटपमा १२८ जीबीको फ्ल्याश स्टोरेज रहेको जनाएको छ । त्यस्तै यसमा प्रयोग भएको ५००० एमएएच क्षमताको ब्याट्रीले एक पटकको फूल चार्जमा ८ घण्टासम्म ऊर्जा प्रवाह गर्ने कम्पनीको दाबी छ ।

यसमा ३.५ एमएम अडियाे ज्याक, ५.० ब्लुटुथ, एचडीएमआई मिनी, वाई-फाई तथा अन्य कनेक्टिभिटी सेवा पनि छन् ।

भारतीय अर्बपति मुकेश अम्बानी छ वर्षअघि भारतको दूरसञ्चार व्यवसायमा प्रवेश गरेका थिए । छोटो समयमै देशको अग्रणी मोबाइल सेवा प्रदायक बनेको जीओ पछिल्लो समय ल्यापटप उत्पादनमा पनि अघि बढेको छ ।

अन्य देशमा यो ल्यापटप कहिले उपलब्ध हुन्छ या हुँदैन भन्ने कुराको कुनै जानकारी भने आएको छैन । भारतमा भने भौतिक र अनलाइन दुवै स्टाेरमा ल्यापटप उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ १४:७