close

माइक्रोसफ्टको गल्तीका कारण ६५ हजार बढी ग्राहकको संवेदनशील डेटा लिक

टेकपाना टेकपाना

कात्तिक ५, २०७९ १३:५१

माइक्रोसफ्टको गल्तीका कारण ६५ हजार बढी ग्राहकको संवेदनशील डेटा लिक

काठमाडौं । माइक्रोसफ्टका ग्राहकहरूसँग जोडिएको २.४ टीबी संवेदनशील डेटा सार्वजनिक भएको छ । केही समयअगाडि पत्ता लागेको ह्याकिङलाई पुष्टि गर्दै माइक्रोसफ्टले डेटा लिक भएको कुरा स्वीकार गरेको हो ।

यो ह्याकिङमा माइक्रोसफ्टले आफ्ना ६५ हजारभन्दा बढी ग्राहकसँग गरेको व्यापारिक सम्झौताहरूसँग जोडिएका संवेदनशील डेटा छ । साथै कम्पनीले आफ्नै गल्तीका कारण यो घटना भएको पनि स्वीकार गरेको छ । 

यो सुरक्षा कमजोरीको परिणाम नभई कम्पनीले गरेको गलत कन्फिगुरेसनका कारण भएको कम्पनीले जनाएको छ । कम्पनीले दिएको अभिव्यक्तिसँगै माइक्रोसफ्टको आलोचना धेरै हुन थालेको छ ।

एसओसी रडार नामक साइबर सेक्युरिटी कम्पनीले सेप्टेम्बरमा यो ह्याकिङको विषयमा जानकारी दिएको थियो ।

लिक भएका डेटामा ग्राहकको नाम, ईमेल ठेगाना, ईमेल सामग्री, कम्पनीको नाम, र फोन नम्बरहरू, र ग्राहक र माइक्रोसफ्ट वा एक अधिकृतबीच भएको सम्झौता लगायतका विवरणहरू समावेश छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०७९ १३:५१