close

के आईफोन साँच्चै भाइसरमुक्त छ ?

टेकपाना टेकपाना

कात्तिक ५, २०७९ १६:०

के आईफोन साँच्चै भाइसरमुक्त छ ?

काठमाडौं । जब स्मार्टफोनको सुरक्षाको कुरा आउँछ, तब एन्ड्रोइडको तुलनामा आईओएस बढी सुरक्षित हुन्छ भन्ने मान्यता छ । वास्तवमा पनि एन्ड्रोइडको तुलनामा आईओएसमा मालवेयर इन्स्टल गर्न निकै गाह्रो छ । एपस्टोर बाहेक अन्य स्रोतबाट आईफोनमा मालिसियस प्रोग्राम इन्स्टल गर्न गाह्रो नै छ ।

किनभने एप्पलले यसको अपरेटिङ सिस्टमको सुरक्षाको लागि धेरै काम गरेको छ । सामान्यतया आईओएसको तुलनामा एन्ड्रोइड डिभाइस बढी ह्याक पनि हुने गरेको छ । यसको अर्थ के आईफोन साँच्चै भाइरसमुक्त छ त ? 

आईओएसले डिभाइसलाई मालवेयरबाट कसरी जोगाउँछ ?

सबैभन्दा पहिलो कुरा, एप्पलले आईओएसलाई यसरी डिजाइन गरेको छ कि, प्रयोगकर्ताले कम्पनीको एपस्टोरबाहेक अन्तबाट एपहरू डाउनलोड गर्न सक्दैनन् । एन्ड्रोइडमा, विन्डोजमा जस्तै, तपाईं जुनसुकै ठाउँबाट प्रोग्रामहरू इन्स्टल गर्न सक्नुहुन्छ । तर तपाईंले यसका लागि उच्च मूल्य तिर्नुपर्ने हुन्छ । किनभने यस्ता वेबसाइटहरू सबै भरपर्दो हुन्छ भन्ने हुँदैन ।

यसबाहेक, एप्पलका सेन्सरहरूले म्यानुअल रूपमा प्रत्येक एपहरूमा भाइरस भए/नभएको जाँच पनि गर्छ । यदि एपको प्रोग्रामिङ कोडमा केही शंकास्पद कुरा फेला पर्‍याे भने एप्पलले आवेदन संशोधनको लागि फिर्ता गरिदिन्छ । त्यस्तै एप्पलले बारम्बार ओएस अपडेटहरू जारी गर्दछ ।

यो आईओएसको अर्को प्रमुख फाइदा हो । यो महत्त्वपूर्ण छ, किनभने सबै डिभाइसहरूले एकैपटक यो अपडेट प्राप्त गर्दछ भने धेरैजसो प्रयोगकर्ताले पहिले नै प्राप्त गरेको हुन्छ । बेटा भर्सनको प्रयोगबाट पनि धेरै बगहरू अपडेट रिलिजभन्दा अगाडि नै समाधान भइसकेको हुन्छ ।

त्यस्तै आईओएससँग स्यान्डबक्सिङ भनिने एउटा प्रवृत्ति छ । यसले प्रयोगकर्ताले प्रयोग गर्ने एप दिइएको अनुमतिभन्दा बाहिर गएर काम गर्न अनुमति दिँदैन । यसको अर्थ तपाईंले अनुमति दिएका फाइलहरूमा मात्र एपको पहुँच हुन्छ । 

कहाँ गएर आईफोन असुरक्षित हुनसक्छ ? 

एप्पल टेक्नोलोजी सुरक्षाको हिसाबले उत्कृष्ट छ भन्ने तथ्यको बावजुद, त्यहाँ अझै पनि धेरै आक्रमणकारीहरूले आईफोनहरू संक्रमित गर्ने प्रयास गरिरहेका छन् । स्क्यामरहरूले डेटिङ साइट वा एपहरू तथा सोसल मिडियामा अनौपचारिक रुपमा प्रयोगकर्तालाई आक्रमण गर्ने प्रयास गरिरहेको हुन्छ ।

आक्रमणकारीहरूले लगानी र व्यापार साझेदारी लगायतका प्रस्तावहरूको साथ ह्वाट्सएपमा अनियमित सन्देश अथवा विभिन्न मेल पनि पठाउँछन् । यस्ता विभिन्न फिशिङ आक्रमणबाट भने डिभाइस असुरक्षित हुनसक्छ । यो आफैंले निम्तो दिएको असुरक्षा हो । त्यसैले विभिन्न फिशिङ आक्रमणबारे बुझ्नु जरुरी छ ।


जेलब्रेक नगर्नुहोस् 

औसत आईफोन प्रयोगकर्ताले उनीहरूको स्मार्टफोनमा भाइरस कहिल्यै देख्दैनन् । यदि उनीहरूले मालिसियस लिङ्कहरू खोल्दैनन् र शंकास्पद एपहरू डाउनलोड गर्दैनन् भने कुनै पनि प्रकारको भाइरसबाट आईफोन सुरक्षित हुन्छ । तर हामीले जेलब्रेकजस्ता कुराको बारेमा पनि बुझ्न जरुरी छ ।

जेलब्रेक भनेको आईफोनले डिभाइसकाे सुरक्षाको लागि दिएको फिचरहरूभन्दा बाहिर गएर डिभाइसमा जथाभावी प्रयोग गर्न थाल्यो भने भाइरसलाई निम्तो हुनसक्छ । जेलब्रेकले तपाईंलाई आईओइसको प्रशासक अधिकारहरूमा पहुँच दिन्छ र तपाईंलाई सबै एप्पल सुरक्षा प्रतिबन्धहरू बाइपास गर्न अनुमति दिन्छ ।

नतिजाको रूपमा, प्रयोगकर्ताले कुनै पनि स्रोतबाट एपहरू इन्स्टल गर्ने र इच्छा अनुसार प्रणाली परिवर्तन गर्ने अवसर पाउँछन् । यसले फाइदा भने ह्याकरलाई हुनसक्छ ।

त्यसोभए के आईफोनमा एन्टिभाइरस चाहिन्छ ?

आईफोनको लागि एन्टिभाइरस लगभग आवश्यक पर्दैन । एप्पलले पहिले नै तपाईंको यसको लागि धेरै कामहरू गरिसकेकाे छ । यसले गर्दा तपाईंले अतिरिक्त कामहरू गरिरहन जरुरी छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०७९ १६:१३