close

एक घण्टामै रोबोटले नष्ट गर्‍यो १ लाख गाँजाका बोट

टेकपाना टेकपाना

कात्तिक ७, २०७९ १५:४०

एक घण्टामै रोबोटले नष्ट गर्‍यो १ लाख गाँजाका बोट

काठमाडौं । विश्वका प्रायः देशमा गाँजा प्रतिबन्धित छ । यदि गैरकानूनी रूपमा गाँजा खेती गरिएको छ भने त्यसलाई नष्ट गर्ने तरिका फरक-फरक छन् । हालसम्म गाँजा परम्परागत तरिकाले नष्ट गर्ने चलन छ । विशेषगरी आगो लगाएर वा काटेर नष्ट गरिन्छ ।

कार्बन रोबोटिक्सले एउटा विडिङ रोबोट (Weeding robot) अर्थात् 'विडर' तयार पारेको छ । विडरले त्यस्तो उपकरणलाई जनाउँछ, जसले गाँजाका बोट काट्ने गर्छ । यो स्वचालित रोबोटले एक घण्टामा करिब एक लाख गाँजाका बोट नष्ट गर्नसक्छ ।

यसले लेजरद्वारा गाँजा नष्ट गर्ने भएकाले अन्य बाली वा वातावरणलाई त्यति असर नपर्ने कम्पनीले जनाएको छ ।

डिजेलद्वारा सञ्चालित यो रोबोटमा लाइडर सेन्सर (Lidar Sensors) प्रयोग गरिएको छ । यसले सुरक्षित रूपमा खेतमा रहेका गाँजाका बोट नष्ट गर्न सघाउने बताइएकाे छ । त्यस्तै यसमा रियल टाइम टार्गेटिङ सेन्सर पनि प्रयोग गरिएको छ, जसले नष्ट गर्नुअघि गाँजाका बोट पहिचान गर्न सघाउँछ ।

यसैगरी यो रोबोटमा प्रयोग भएको एनभिदियाद्वारा सञ्चालित एआई टुलले लक्षित गरिएका गाँजाको बोटमा लेजर टार्गेट गर्छ ।

गाँजाका बोटलाई टार्गेट गर्न यसमा १२ ओटा हाई रेजोलुसनका क्यामेरा प्रयोग भएका छन् ।

स्वचालित रोबोट (विडर) लाई ट्रयाक गर्न यसमा जीपीएसद्वारा सञ्चालित जिओफेन्सिङ प्रयोग गरिएको छ ।

४३०० किलोग्राम तौल भएको यो रोबोट प्रतिघण्टा आठ किलोमिटर कुद्न सक्छ । रातभर पनि काम गर्नसक्ने यो रोबोटले एक दिनमा १५ देखि २० एक्कड क्षेत्र ओगट्ने  कम्पनीको दाबी छ ।

गाँजाका बोटमात्र नष्ट गर्नसक्ने यो रोबोटले माटोको माइक्रोबायोलिजीलाई कुनै प्रभाव नपार्ने कम्पनीको भनाइ छ ।

कार्बन रोबोटिक्सले यो रोबोट २०२१ मा सार्वजनिक गरेको थियो । किसानलाई गाँजा व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले कम्पनीले यो रोबोट ल्याएको हो ।

सन् २०१८ बाट कार्बन रोबोटिक्सले किसानलाई लक्षित गर्दै लेजर विडिङ प्राविधिकमा रूपमा काम गरिरहेको थियो । बारीबाट अनावश्यक गाँजा नष्ट गर्दा किसानलाई फाइदा हुने भएपछि कम्पनीले यो प्रविधिमा सक्रिय रूपमा काम गर्न थालेको हो ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०७९ १५:५०