close

२१० वाट फास्ट चार्जिङ सहित साओमीको नयाँ फोन सार्वजनिक, ९ मिनेटमै फुल चार्ज हुने दाबी

टेकपाना टेकपाना

कात्तिक १०, २०७९ २१:८

२१० वाट फास्ट चार्जिङ सहित साओमीको नयाँ फोन सार्वजनिक, ९ मिनेटमै फुल चार्ज हुने दाबी

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले २०० मेगापिक्सेल क्यामेरा भएको आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक भर्चुअल कार्यक्रम आयोजना गर्दै रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२, रेड्मी नोट १२ प्रो, रेड्मी नोट १२ प्रो प्लस र रेडमी नोट १२ एक्सप्लोरर ल्याएकाे छ ।

कम्पनीले सार्वजनिक गरेको साओमी नोट १२ एक्सप्लोररमा १२० हर्ज रिफ्रेश रेट भएको ६.६७ इन्च ओएलईडी डिस्प्ले रहेको छ । मिडियाटेक डाइमेन्सिटी १०८० चिपसेद्वारा सञ्चालित यो फोन एन्ड्रोइड भर्सन १२ र मीयूआई १३ मा आधारित छ ।

साओमी नोट १२ प्रोमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर रहेको छ । सेल्फी पारखीका लागि भने यस फोनमा १६ मेगापिक्सेलको सिङ्गल क्यामेरा समावेश छ ।

फिङ्गरप्रिन्ट सेन्सर, एक्सिलेरोमिटर, जाइरो, प्रोक्सिमिटी र कम्पास सेन्सर रहेको यो फोम ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ  ।

४३०० एमएएच ब्याट्री क्षमता भएको यस फोनमा कम्पनीले २१० वाट फास्ट चार्जिङ उपलब्ध गराउने भएको छ, जसलाई ६६ प्रतिशत चार्ज गर्न ५ मिनेट र फुल चार्ज गर्न ९ मिनेटको समय लाग्ने कम्पनीको दावी छ । हाल करिब ३३० युरो (करिब ४३ हजार ६०० रुपैयाँ) रहेको छ ।

यो सिरिजका फोन नोभेम्बर ३ मा विश्व बजारमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ २१:२०