close

नेप्सेको नयाँ वेबसाइट सार्वजनिक हुँदै, कात्तिक २५ भित्र नयाँ लगइन र युजर आईडी लिन आग्रह

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ ७:४७

नेप्सेको नयाँ वेबसाइट सार्वजनिक हुँदै, कात्तिक २५ भित्र नयाँ लगइन र युजर आईडी लिन आग्रह

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आउँदो कात्तिक २७ देखि नयाँ वेबसाइट सञ्चालनमा ल्याउने भएको छ ।

यसका लागि सम्पूर्ण सूचीकृत सङ्गठित संस्थालाई सर्कुलर जारी गर्दै नेप्सेले कात्तिक २५  गतेभित्र  लगइन  र युजर आईडी लिन आग्रह गरेको छ  ।

सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने जनाइएको छ ।

योसँगै पुरानो वेबसाइटका लगइन र युजर आईडी खारेज हुन नेप्सेले उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ ९:९