close

बर्खास्तीमा परेपछि पनि आफ्नो 'ट्वीटर बायो' किन परिवर्तन गर्दैनन् पराग अग्रवाल ?

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ १३:५५

बर्खास्तीमा परेपछि पनि आफ्नो 'ट्वीटर बायो' किन परिवर्तन गर्दैनन् पराग अग्रवाल ?

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि ट्वीटरका शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरेका छन् । बिहीबार कम्पनीको कानूनी सम्झौता पूरा गरी मस्कले ट्वीटर खरिद गरका हुन् ।

ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि एलन मस्कले कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगललगायतका उच्च तहका कर्मचारीलाई बर्खास्त गरेका थिए ।

कम्पनीबाट बर्खास्त भएपछि नेड सेगलले ट्वीटरबाट निकालिएपछिको अनुभव शेयर गरेका छन् । उनले आफू प्रमुख वित्तीय अधिकृत भएपछि कम्पनीले गरेका प्रगति विवरण ट्वीटमार्फत व्यक्त गरेका छन् । ट्वीटर जस्तो संस्थामा काम गर्न पाउनु आफ्नो अहोभाग्य भएको भन्दै सेगलले ट्वीटरको बायो परिवर्तन गर्दै आफू ट्वीटरको पूर्व सीएफओ भएको उल्लेख गरेका छन् ।

त्यस्तै हेड अफ लिगल पोलिसी विजया ग्याड्डीले बायोमा आफू ट्वीटरमा आवद्ध भएको कुरा खुलाएकी छैनन् । ट्वीटरका पूर्वप्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले भने यसबारे केही बताएका छैनन् ।

गुगलको पेजमा देखिने ट्वीटरको जानकारीबाट पराग अग्रवालको नाम हटिसकेको छ । तर ट्वीटरमा अग्रवालले अकाउन्टकाे बायो भने नाम परिवर्तन गरेका छैनन् ।

सामाजिक सञ्जालमा योगकर्ताले अग्रवाललाई आफू बर्खास्त भएकोबारे उनी जानकार नभएको भन्दै मजाक उडाएका छन् । अग्रवालले अक्टोबर ६ बाट कुनै पनि ट्वीट वा रिट्वीट गरेका छैनन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ १३:५५