close

यी लक्षण छन् भने तपाईँलाई गेमको लत लागेको छ, कसरी पाउने छुटकारा ?

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ १०:१८

यी लक्षण छन् भने तपाईँलाई गेमको लत लागेको छ, कसरी पाउने छुटकारा ?

काठमाडौं । गेम त प्राय: हामी सबैले खेल्छौँ । कामको चिन्ताबाट मुक्त हुन होस् वा साथीहरूसँग रमाइलोका लागि होस् । स्मार्टफोन र इन्टरनेटको सहज पहुँच भएसँगै गेम झन् सहज रुपमा सबैको पहुँचमा पुगेको छ ।

पब्जी, फ्रिफायर जस्ता अनलाइन गेम त झनै युवामाझ लोकप्रिय भएका छन् । गेम खेल्नु कुनै गलत कुरा हाेइन । केही समय गेम खेल्दा यसका थुप्रै फाइदा छन् । तर चाहिनेभन्दा धेरै समय खेल्न थालियो भने त्यो भने गेमको लत पनि हुनसक्छ ।

आज हामी गेमको लत लाग्दा के के लक्षणहरु देखिन्छन् र यो लतबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने बारेमा कुरा गर्दै छौँ । सबैभन्दा पहिले गेम लतका केही लक्षणबारे कुरा गरौँ ।

-भिडिओ गेमको कारण पढाइ, परिवार सँगको सम्बन्ध पहिलाको जस्तो नरहनु,

-गेम खेल्न नपाउँदा उदास हुन, चिन्तित देखिनु,

-गेम मात्र खेलिरहन मन लाग्नु,

-सधैं गेमको बारेमा मात्र सोच्नु,

-गेमकै कारण साथी तथा अन्य सामाजिक कार्यबाट टाढा हुनु,

-आफूलाई नकरात्मक असर गरेको थाहा हुँदाहुँदै गेमलाई छोड्न नसक्नु,

-गेमको कारण व्यक्तिगत विकास तथा सिर्जनशीलतामा कमी आउनु

-व्यक्तिगत हेरचाह तथा सरसफाइमा कमी आउनु,

-एक्लोपन वा तनावलाई हटाउनको लागि गेमलाई मात्र माध्यम बनाउनु

-परिवार तथा साथीलाई गेममा बिताएको समयको बारेमा झुट बोल्नु,

यी त भए गेम लतका केही लक्षण । अब कुरा गरौँ समाधानको बारेमा । कसरी मुक्त हुने त गेम लतबाट ?

-गेमबाट टाढा रहन सामाजिक कार्यमा अग्रसरता देखाउनुहोस् ।

-परिवारसँग समय बिताउनुहोस्, सकेसम्म एक्लै नबस्नुहोस् ।

-ध्यान र योगलाई आफ्नो दैनिकीमा समावेश गर्नुहोस् ।

-गेम र गेमसँग सम्बन्धित सामाजिक सञ्जालका भिडिओ, ग्रुप तथा पेजबाट टाढा रहनुहोस् ।

-सिर्जनशील कार्यमा लाग्नुहोस् ।

-आफूलाई सधैँ व्यस्त राख्नुहोस् ।

माथि हामीले केही गेम लतका लक्षण र छुटकारा पाउने उपायको बारेमा बतायौँ । यी त केही आफैँले उपनाउने उपायहरु  थिए । यस्तो गर्दा पनि गेम लतबाट छुटकारा पाउन नसकेमा भने मनाेचिकित्सकसँग आवश्यक अन्य परामर्श लिनुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ १०:१८