काठमाडौं । सन् २००० पछि जन्मिएकाे नयाँ पुस्ताका लागि फ्याक्स मसिन नौलो कुरा हुनसक्छ । साँच्चै भन्दा अधिकांश कार्यालयहरूमा त फ्याक्स मसिन नै छैन । फ्याक्स मसिन पनि कुनै इतिहासको रुपमा परिचित हुन सुरु भइसकेको छ ।
फ्याक्स मसिन एउटा उपकरण हो, जसलाई औपचारिक रूपमा फेक्सिमाइल मसिनको रूपमा चिनिन्छ । यो मसिन कुनै समयमा हरेक कार्यालयहरूका लागि एक सुविधाको रुपमा प्रयोग गरिने गरिन्थ्यो । तर अब संसारको प्रविधि यति धेरै विकसित भइसकेको छ कि, फ्याक्स मसिनको प्रयोग नै हुन छोडिसकेको छ ।
टेलिकम कम्पनीहरूले पनि फ्याक्स मसिनको सुविधाको आवश्यकता देख्न छोडिसके । कुनै यस्तो समय थियो, जहाँ एकै बर्षमा हजारौं फ्याक्सहरू पठाइएका र प्राप्त भएका छन् । तिनीहरूले प्रयोगकर्ताहरूलाई टेलीफोन लाइन प्रयोग गरी प्राप्तकर्तालाई कागजातहरूको प्रतिलिपि पठाउन मद्दत गर्थ्यो ।
यसले कागजातहरू छिटो पठाउन र प्राप्त गर्न धेरै ठूलो भुमिका खेलेको छ । तर आजको दिनमा ईमेलले फ्याक्स मसिनको कामलाई नै हटाइदिएको छ । बास्केटबल खेलाडी माइकल जोर्डनले सन् १९९५ मा खेलकुद इतिहासमा सबैभन्दा प्रसिद्ध फ्याक्सहरूमध्ये एउटा फ्याक्स पठाएको थियो । जुन निकै चर्चित पनि भएको थियो ।
उनले उक्त फ्याक्समा आफू सेवानिवृत्तिबाट बाहिर आउँदैछु भन्ने सन्देश पठाएका थिए । आजको दिनमा कुनै सन्देश छिटो पठाउन फ्याक्सको आवश्यकता छैन । यद्यपि अझै पनि चिकित्सा प्रशासन, कानून लगायतका क्षेत्रहरूमा यसको छिटफुट प्रयोग भने देख्न सकिन्छ ।