close

एनवाईईएफ स्टार्टअप अवार्डका लागि छानिए उत्कृष्ट सात कम्पनी

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १३:१७

एनवाईईएफ स्टार्टअप अवार्डका लागि छानिए उत्कृष्ट सात कम्पनी

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंले आयोजना  गर्ने ‘‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२२’’ का लागि अन्तिम सात प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष देशबाट उत्कृष्ट स्टार्टअप पहिचान गर्न यो प्रतिस्पर्धा आयोजना हुँदै आएको छ ।

यस वर्ष छानिएका उत्कृष्ट स्टार्टअपहरूमा जेरो सर्कुलर, बगभी, दियो एआई, बाइट केयर टेक्नोलोजी, डार्क म्याटर प्रोडक्सन, डेलिश डेरीज, च्याउ बायो रहेका छन् ।

जिरो सर्कुलर फोहोर व्यवस्थापनमा काम गर्दै आएको छ । साइबर सुरक्षासँग सम्बन्धी काम गर्ने कम्पनी बगभी यसअघि सीएनवाईईएपमा पनि उत्कृष्ट स्टार्टअपद्वारा सम्मानित भएको थियो । यसैगरी दियो डट एआई च्याटबोट सोलुसन डेभलपमेन्ट कम्पनी हो । जसले च्याटबोट सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ ।

त्यस्तै बाइटकेयर टेक्नोलोजीले आफूलाई नेपालमा सफ्टवेयर कम्पनीका रूपमा स्थापित गराइरहेको छ । त्यस्तै डेलिश डेरिज राजधानीका विभिन्न क्षेत्रमा दुग्ध सामाग्री उपलब्ध गराउने काममा केन्द्रित छ । यसैगरी च्याउ डट बायो वायु तथा जल प्रदुषणलाई न्यूनीकरण गर्ने काम गर्दै आएको छ ।

सीएनवाईएप स्टार्टअप फेस्टमा राम्रो लगानी पाएको डार्क म्याटर्स गेम प्रोडक्सन पनि स्टार्टअप अवार्ड २०२२ का लागि छानिएको छ । यी सात ओटै प्रतिस्पर्धीबाट एउटा स्टार्टअपलाई एनवाईईएफ स्टार्टअप अवार्ड २०२२ द्वारा सम्मानित गरिने आयोजकले जनाएको छ ।

हाल आन्तरिक रूपमा यी स्टार्टअपको मूल्याङ्कन भइरहेको छ । एनवाईईएओ स्टार्टअप अवार्ड २०२२ को विजेता यही कार्तिक २५  गते दिउसो २ बजे काठमाडौंस्थित होटेल सोल्टीमा सम्पन्न हुने कार्यक्रमकी कोअर्डिनेटर अस्मिता घिमिरेले जानकारी दिएकी छन् ।

देशभरका विभिन्न स्टार्टअपलाई केही महिनाअघि एनवाईईएएफले आवेदन खुलाएको थियो । आवेदन दिने १४० बढी स्टार्टअपबाट आन्तरिक मूल्याङ्कन गरी पहिलो चरणमा १५ जना छानिएको उनले जानकारी दिइन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का चार जना निर्णायकका अघि उत्कृष्ट १५ स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका थिए ।

उनीहरूको विचार, सम्भावनालाई मुख्य आधार बनाई एफएनसीसीआईले उत्कृष्ट सात स्टार्टअप छनौट गरेको थियो । यिनै सात स्टार्टअपमध्ये आगामी शुक्रबार एउटा स्टार्टअपले एनवाईईएफ स्टार्टअप अवार्ड २०२२ प्राप्त गर्नेछ । 
 

 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १३:१७