close

कृषि एवम् पशुजन्य व्यवसाय केन्द्रित युवा स्टार्टअप कार्यक्रमका लागि १ अर्ब २० करोड अनुदान

टेकपाना टेकपाना

जेठ १५, २०८० १७:२३

कृषि एवम् पशुजन्य व्यवसाय केन्द्रित युवा स्टार्टअप कार्यक्रमका लागि १ अर्ब २० करोड अनुदान

काठमाडौं । सरकारले कृषि एवम् पशुजन्य व्यवसाय केन्द्रित युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री प्रकाशशरण महतले यसको जानकारी दिएका हुन् । 

कृषि एवम् पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गरी उद्यमशीलता विकास गर्न स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्टअप अनुदान कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

साना किसान उद्यम विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गरिने र युवा जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्ने कार्यक्रम समेत सरकारले ल्याएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १७:२३