close

ह्वाट्सएपबाट फोटो पठाउँदा 'क्वालिटी' खस्कियो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ २०:२४

ह्वाट्सएपबाट फोटो पठाउँदा 'क्वालिटी' खस्कियो ? यसो गर्नुहोस्

काठमाडौं । कतिपय प्रयोगकर्ताले ह्वाट्सएपबाट फोटो पठाउँदा गुणस्तर खस्किने गरेको गुनासो गरिरहेका हुन्छन् । वास्तवमा ह्वाट्सएपको डिफल्ट अर्थात पूर्ववत रूपमा निर्धारित फिचरका कारण अपलोड गर्ने फोटोको गुणस्तर घटिरहेको हुन्छ ।

खासगरी प्रयोगकर्ताको मोबाइल डेटा जोगाउने उद्देश्यका साथ ह्वाट्सएपले यस्तो फिचर राखेको हो । तर यदि सेटिङमा गएर सामान्य परिवर्तन गर्नु भयो भने ह्वाट्सएपबाट उच्च  गुणस्तरीय फोटो आदान प्रदान गर्न सकिन्छ ।

ह्वाट्स एपमा उच्च गुणस्तरीय फोटो आदान प्रदानका लागि के गर्ने ?

  • यसका लागि सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् र दायाँतर्फ माथि कुनामा रहेको तीन थोप्ला भएको बटन हुँदै सेटिङमा जानुहोस् ।
  • अब त्यहाँ तपाईँले स्टोरेज एन्ड डेटा (Storage and data) अप्सन देख्नु हुनेछ, त्यसमा दबाउनु होस् ।
  • त्यसपछि अन्तिममा रहेको फोटो अपलोड क्वालिटी (Photo upload quality) मा थिच्नुहोस् र बेस्ट क्वालिटी (Best quality) छानेर ओके (OK) गर्नुहोस् ।
  • यति गरेपछि तपाईँले ह्वाट्सएपबाट तस्वीर पठाउँदा उच्च गुणस्तरमा अपलोड हुनेछ र प्राप्त गर्ने मान्छेले त्यही स्तरको फोटो पाउनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ २०:२४