close

गुगल प्ले एन्ड्रोइड गेम अब कम्प्युटरमा खेल्न सकिने, यस्तो छ बेटा भर्सन

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ ११:३१

गुगल प्ले एन्ड्रोइड गेम अब कम्प्युटरमा खेल्न सकिने, यस्तो छ बेटा भर्सन

काठमाडौं । कम्प्युटरमा एन्ड्रोइडमा उपलब्ध गेम खेल्न सकिने गरी गुगल प्ले गेमको 'ओपन बेटा' सार्वजनिक भएको छ ।

कम्पनीले विन्डोज पीसीका लागि यसै अङ्ग्रेजी वर्षको सुरुवातमा प्रारम्भिक बेटा भर्सन ल्याएको थियो । तर त्यो हङकङ, दक्षिण कोरिया र ताइवानमा मात्रै सीमित गरिएको थियो । पछिल्लो ओपन बेटा अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र सिङ्गापुरमा विस्तार गर्न लागिएको हो ।

१९५६ एयर फोर्स, ब्लेड आइडल, कुकी रनः किङडम र इभोनीः द किङ्स रिटर्न लगायतका गेम यसमा उपलब्ध छन् । यो एप पीसी र मोबाइलबीचमा समेत सिङ्क हुने भएकाले एउटा माध्यममा खेलेको गेम अर्को माध्यमबाट छोडेकै ठाउँबाट पुनः सुरु गर्न सकिन्छ । हाल यसमा विश्वभर ८५ गेम मात्रै उपलब्ध छन् ।

गुगल प्ले गेमका निर्देशक अर्जुन दयालले पूर्ण रूपमा सार्वजनिक गर्ने दिशामा आफूहरू अगाडि बढेसँगै नयाँ फिचर थप गर्ने र डेभलपर तथा प्लेयरहरूको सुझावलाई मूल्याङ्कन गर्ने कार्य जारी रहेको बताएका छन् । गुगल प्ले गेम्स माइक्रोसफ्टले एन्ड्रोइड एप विन्डोज इलेभेनमा ल्याउनका लागिरहेको कार्यभन्दा फरक छ । बरु माइक्रोसफ्टले अमेजनसँग सहकार्य गर्दै अमेजनको एप स्टोरको पछिल्लो ओएसमा उपलब्ध गेम तथा एपहरू दिन थालेको छ ।

माइक्रोसफ्टले विन्डोज इलेभनभित्र एन्ड्रोइडका लागि विन्डोज सबसिस्टम राखेको छ । तर गुगलले भने आफ्नो गुगल प्ले एन्ड्रोइड गेमहरू पीसीमा ल्याउन छुट्टै माध्यम बनाएको हो । यदि तपाईँ निश्चित क्षेत्रमा हुनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो पीसीमा गुगल प्ले गेम प्रयोग गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ ११:३१