close

टेलिकमको नम्बरबाट एकसाथ हजारौँलाई एसएमएस पठाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ ११:४०

टेलिकमको नम्बरबाट एकसाथ हजारौँलाई एसएमएस पठाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागी एकै पटक दुई हजारदेखि १० हजारसम्म एसएमएस पठाउन सकिने अफर ल्याएको छ । कम्पनीको 'ग्रुप एसएमएस' अफर अन्तर्गत नेपाल टेलिकमका प्रयोगकर्ताले एकैपटक धेरैओटा एसएमएस पठाउन सक्नेछन् । 

यो अफर अन्तर्गत कम्पनीले तीन फरक प्याक ल्याएको छ । जसमध्ये पहिलो प्याकमा प्रयोगकर्ताले एक हजार रुपैयाँमा दुई हजार एसएमएस एकैपटक पठाउन सक्छन् । यसको मान्य अवधि दुई दिन रहेको छ । 

त्यसैगरी प्रयोगकर्ताले २५ सय रुपैयाँमा पाँच हजार एसएमएस पठाउन सक्नेछन् । यो प्याक भने पाँच दिनसम्म मान्य हुनेछ । त्यस्तै पाँच हजार रुपैयाँमा दश हजार नम्बरमा एसएमएस पठाउन सकिनेछ । जसको म्याद १० दिनसम्म छ ।

एकसाथ कसरी पठाउने धेरै एसएमएस ? 

- सबैभन्दा पहिला कम्प्युटरको वेब ब्राउजरमा गएर यहाँ क्लिक गर्नुहोस् । 

-  आफ्नो पुरा नाम, नागरिकता नम्बर र मोबाइल नम्बर टाइप गर्नुहोस् र सेन्ड ओटीपीमा क्लिक गर्नुहोस् ।  

- त्यसपछि तपाईँको मोबाइलमा आएको ओटीपी ‘सेन्ड ओटीपी’ भन्दा तल 'ओटीपी' लेखिएको बक्समा राख्नुहोस् र 'आई अग्री टु टर्म्स एन्ड कन्डिसन्स' भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यसमा छ ओटा विभिन्न सर्तहरू राखिएका छन् । 

- अब अन्त्य रहेकोमा लगइन अप्सनमा क्लिक गर्नुहोस् ।

- लगइन गरिसकेपछि स्क्रिनमा तपाईँको ब्यालेन्स सहितका विवरणहरू देख्न सकिन्छ । 'क्लिक हेर टु पर्चेज बल्क एसएमएस प्याक' भन्ने विकल्पमा जानुहोस् । 

- ‘चुज प्याकेज’मा गएर आफूले लिन चाहेको प्याक छनौट गर्नुहोस् । 

- त्यसपछि ‘पर्चेज’मा क्लिक गर्नुहोस् ।

- अब  'डाउनलोड स्याम्पल एक्सेल फाइल' मा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईँको कम्प्युटरमा एउटा एक्सेल फाइल डाउनलोड हुन्छ । उक्त फाइलमा आफूले एसएमएस पठाउन चाहेका नम्बरहरू उल्लेख गर्नुहोस् । 

-  उक्त फाइलमा ती आवश्यक नम्बर सेभ गरेर अघि ब्राउजरमा अघि भएकै स्थानमा गएर ‘अपलोड एक्सेल फाइल’मा क्लिक गर्नुहोस् । 

- त्यसपछि ‘मेसेज टाइप’मा गएर अंग्रेजी वा नेपाली कुन भाषामा मेसेज पठाउन चाहेको हो, सो कुरा खुलाउनु होस् । 

- अनि ‘मेसेज टु सेन्ड’ बक्समा गएर आफूले पठाउन चाहेको मेसेज लेख्नुहोस् र त्यसलाई ‘सेन्ड’ गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ ११:४४