close

जीवीको १३:११ सेल घोषणा, सामान खरिदमा ८२ प्रतिशतसम्म छुट पाइने

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ १४:२०

जीवीको १३:११ सेल घोषणा, सामान खरिदमा ८२ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । आफ्नो वार्षिकोत्सवका अवसरमा ई-कमर्स प्लेटफर्म जीवीले '१३:११ सेल' घोषणा गरेको छ । स्वास्थ्य, सौन्दर्य र बालबालिकाका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउने जीवीको यो सेल कात्तिक २७ देखि मंसिर २ सम्म चल्नेछ ।

यो अवसरमा जीवीबाट सामग्री खरिद गर्दा ग्राहकले ८२ प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्ने जनाइएकाे छ । कम्पनीका अनुसार यो छुट, सेटाफिल, ममाअर्थ, दि मम्स को, मीमी, डट एन्ड की लगायतका ब्रान्डहरुमा प्राप्त गर्न सकिने छ ।

यो अवसरले जीवीले आफ्ना ग्राहकका लागि लुई भिटान (एलभी)को ब्याग पनि गिभअवे गर्दैछ । यसका लागि ग्राहकले रु. ५००० वा त्यसभन्दा बढीको सामग्री खरिद गर्नुपर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ १४:२९