ग्यापु मार्केटप्लेसको नयाँ अफर, एक हजार रूपैयाँमा विभिन्न सामान किन्न सकिने
कात्तिक २४, २०७९ ८:१
काठमाडौं । नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटले 'हजारमा बजार' योजना ल्याएको छ । यस योजनाअन्तर्गत एक हजार रुपैयाँसम्म सबै किसिमका सामान किन्न सकिनेछ ।
हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइने कम्पनीले जनाएको छ । यसमा विशेषगरी जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै राखिएको कम्पनीकी प्रतिनिधि सुजनी केसीले जानकारी दिइन् ।
यो योजना शुक्रबारदेखि केही महिनासम्म सञ्चालन हुने उनले बताइन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ ८:१
