close

दराज ११.११, अनर स्मार्टफोन खरिद गर्दा स्मार्टब्यान्ड निःशुल्क

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ ९:४

दराज ११.११, अनर स्मार्टफोन खरिद गर्दा स्मार्टब्यान्ड निःशुल्क

काठमाडौं  । दराजले शुक्रबार मनाउन लागेको नोभेम्बर ११.११ अन्तर्गत अनरका स्मार्टफोन खरिदमा विशेष अफर ल्याइएको छ । नेपालका लागि अनरको आधिकारिक विक्रेता सेलट्रोन नेपालले दराज सेलको अवसर पारी स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि विभिन्न गिफ्ट दिन लागेको हो ।

अनर एक्स७, अनर एक्स८ वा अनर५९ लाइटमध्ये कुनै पनि खरिद गर्दा अनर एयरबड एक्स३ लाइट निःशुल्क पाउन सकिने कम्पनीले जनाएको छ । साथै अनर एक्स९ को खरिदमा अनर ब्यान्ड६ निःशुल्क पाइने छ ।

अनर नेपालले आफ्ना एक्सेसरिजमा पनि आकर्षक छुट दिने बताएको छ । यसअन्तर्गत पाँच हजार ४९० रुपैयाँ मूल्य पर्ने अनर एयरबड एक्स३ लाइट चार हजार ४९० रुपैयाँमा पाइने छ । त्यस्तै छ हजार ४९० रुपैयाँ पर्ने अनर ब्याण्ड६ पाँच हजार ४९० रुपैयाँमा पाइनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ ९:४