close

टेलिकमको चुनावी अफर, २९४ रुपैयाँमा नै २० जीबी डेटा

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १०:२८

टेलिकमको चुनावी अफर, २९४ रुपैयाँमा नै २० जीबी डेटा

काठमाडौं । सरकारको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले राष्ट्र सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गर्दै 'इलेक्सन अफर' सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत कम्पनीले तीन फरक-फरक प्याकेजहरू ल्याएको छ ।  

अफर अन्तर्गत ४९ रूपैयाँमा नै एक एमबीपीएस अनलिमिटेड डेटा र अनलिमिटेड कल प्रयोग गर्न सकिनेछ । अनलिमिटेड कल नेपाल टेलिकमकै नम्बरमा मात्र लागू हुनेछ भने यो अफर एक दिनको लागि मात्र प्रयोग गर्न सकिनेछ । त्यस्तै ९८ रूपैयाँमा तीन दिनसम्म ६ जीबी डेटा प्रयोग गर्न सकिनेछ । 

त्यसै गरी २९४ रूपैयाँमा नै २० जीबी डेटा १० दिनको लागि प्रयोग गर्न सकिनेछ । यो अफर प्रयोग गर्नको लागि *१४१५*११# डायल गर्नुहोस् । अथवा नेपाल टेलिकमको एपबाट पनि यो अफर खरिद गर्न सकिनेछ ।  

यो अफर आजबाट सुरु भएर मंसिर ११ गतेसम्म लागू हुनेछ ।   

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ ११:२२