close

नेपालमा डिजिटल साक्षरता बढाउन कसको भूमिका के ?

टेकपाना टेकपाना

कात्तिक २९, २०७९

नेपालमा डिजिटल साक्षरता बढाउन कसको भूमिका के ?

उमेश सुवेदी/विवेक सुवेदी

इन्टरनेटमा पाइने सामग्रीकाे प्रयाेग गर्न सक्नु, गलत अथवा सही के हाे भनेर छुट्याउन सक्नु, त्यस कुरालाई जीवनमा कार्यान्वयन गर्न सक्नु नै डिजिटल रूपमा साक्षर बन्नु हाे । धेरैलाई इन्टरनेटमा पाइने कुरा ठीक हुन् जस्ताे लाग्न सक्छ । डिजिटल माध्यममा आएका सबै कुराहरु ठीक हुन्छन् भन्ने छैन । इन्टरनेटमा पाइने कतिपय कुरा बालबालिकाका लागि उचित हुँदैनन् । जस्ताे; अनावश्यक विज्ञापन । 

इन्टरनेटमा भएका कतिपय कुरालाई हामीले बेवास्ता गर्न सक्नुपर्छ । यसाे हुँदा हामी इन्टरनेटमा सभ्य देखिन्छाैं । कतिपयले अरुलाई व्यङ्ग्य गरेकाे मिम शेयर गर्दा रमाइलाे मान्छन् । सामाजिक सञ्जालमा गरेकाे पाेस्टमा कतिले रियाक्ट गरे, कतिले शेयर गरे भन्ने जस्ताे अति साधारण कुरामा मानिसहरु माेहित भइरहेका छन्, व्यस्त भइरहेका छन् ।

याे कुराले धेरैकाे मनाेविज्ञानमा असर पार्न सक्छ । मानिसहरुले सामाजिक सञ्जालमा अनावश्यक पाेस्ट तथा मिमहरु शेयर गरेर आफ्नाे प्राेफाइल वा पहिचान बिगारिरहेका छन् । परिणामस्वरुप उनीहरुकाे डिजिटल व्यक्तित्वमा कालाे धब्बा लागिरहेकाे छ ।  डिजिटल साक्षरताकाे अभावमा याे सबै भइरहेकाे छ । यसबारे उनीहरुलाई बुझाउन आवश्यक छ ।

जस्ताे: डिजिटल साक्षर अभिभावकहरुले आफ्ना बच्चालाई इन्टरनेटमा काेसँग सङ्गत गर्ने, कसरी संवाद गर्ने भन्ने सिकाउने गर्छन् । विश्व डिजिटल युगमा गइरहँदा काेसँग जाेडिने, कस्ता मान्छेहरुसँग जाेडिने, उनीहरुसँग अनलाइनमा कस्ता कुराकानी गर्ने भन्ने कुराहरु निकै नै महत्त्वपूर्ण बनिरहेकाे छ ।

डिजिटल युगमा हामी कस्ता मान्छेहरुसँग जाेडिन्छाैं, कस्ता मान्छेहरुलाई फलाे गर्छाैं भन्ने कुराले हाम्राे व्यक्तित्वमा असर पार्ने हुन्छ । यी कुरा विशेषगरी किशोरावस्थाका युवालाई बुझाउन अत्यावश्यक छ । तर उनीहरु बुझ्न चाँहदैनन् । चुनाैती यहाँ छ । 

लेखकद्धय

उनीहरुले सिक्न, बुझ्न चाहे भने सजिलैसँग सक्छन् । परिणाम पनि राम्राे आउँछ । हाम्राे आईटीएसएनपी ग्रुपलाई प्रतिनिधित्व गर्दै केही विद्यार्थीहरु विभिन्न ह्याकाथनहरुमा गएर जितेर आउनुभएकाे छ । आफ्नाे विचारलाई काेडिङमा उतार्न सक्नु हुँदैछ । आफैं सिकेर अरुलाई सिकाउन थाल्नुभएकाे छ । यी सबै कुरा इन्टरनेटमा असल संगत हुँदा गर्दा सम्भव भएकाे हाे ।

उहाँहरु त्यस्ता क्रियाकलापहरूमा सहभागी हुनुकाे पछाडि डिजिटल साक्षरता रहेकाे छ । यसकारण पहिलो पटक माेबाइल फाेन प्राप्त गर्दै गरेकाे बच्चालाई डिजिटल साक्षर बनाउन लाग्नुपर्छ । यसले बच्चाकाे सिर्जना क्षमता बढाउन मद्दत गर्छ । बच्चालाई सानाे उमेरदेखि राम्रा कन्टेन्ट देखाइयाे भने उनीहरु भविष्यमा असल व्यक्ति बन्न सक्छन् ।

नेपालमा एलन मस्कजस्ता प्रविधिका हस्तीहरु उत्पादन हुन सक्छन् । सानै उमेरबाट उनीहरुले स्टार्टअपकाे विचारहरुमा काम गर्न सक्छन् । यसाे हुँदा नेपाल नै अर्काे ‘टेकहब’ बन्न सक्छ । अहिले धेरै बालबालिका अरुबाट प्रभावित भएर उस्तै सिकाे गरिरहेका छन् । जुन पूर्णरुपमा गलत पनि हुन सक्छ । यसकारण उनीहरुलाई इन्टरनेटमा पाइने केही कुरा ठीक छन् केही छैनन् भनेर बुझाउन आवश्यक छ । 

डिजिटल साक्षरतामा कन्टेन्ट माेडेरेसन, कन्टेन्ट कन्ज्युमिङका कुराहरु पनि पर्छन् । अहिले हामी धेरै कन्टेन्ट कन्ज्युमिङ गरिरहेका छाैं । तर डिजिटल साक्षरताले कन्टेन्ट बनाउने कुरालाई जाेड दिन्छ । यदि व्यक्तिले कन्टेन्ट कन्ज्युम नै गर्छ भने स्तरीय गर्न अनिवार्य गर्छ ।

‘मैले कस्ता प्रकारका कन्टेन्टहरु कन्ज्युम गर्ने’ भन्ने कुराकाे ज्ञान डिजिटल साक्षरमा हुने गर्छ । त्यस्तै कन्टेन्ट बनाउँदा विभिन्न पाटाेमा उ सचेत हुन्छ ।

इन्टरनेट सूचनाहरुकाे महासागर हाे । त्यहाँ सत्य र मिथ्या दुवै खालका सूचना हुने गर्छन् । यसाे हुँदा डिजिटल साक्षरताले व्यक्तिलाई आवश्यक परेकाे सूचना पत्ता लगाउनसक्ने बनाउँछ । जसमध्ये पनि कुन ठीक, कुन गलत छुट्याउन सक्ने क्षमताकाे विकास गर्नसक्नु डिजिटल साक्षरतामा पहिलाे सर्त हाे । 

मुख्य गरेर डिजिटल साक्षरतामा चार कुरा पर्छन्:

१. डिजिटल दुनियाँमा आफ्नाे चरित्रलाई राम्राे बनाउनु 

२. इन्टरनेटमा सञ्चार गर्दा शब्द चयन र प्रस्तुतिमा विशेष ध्यान दिनु

३. डिजिटल कन्टेन्ट कन्ज्युम वा सिर्जना गर्ने कुराकाे थाहा हुनु

४. इन्टरनेटमा कस्ता सूचना कसरी लिने भन्ने कुराकाे ज्ञान हुनु

नेपालमा डिजिटल साक्षरताका लागि सरकारले डेटा सेन्टरहरु बनाउन र जनचेतना लगायतमा काम गर्न विश्व बैंकसँग २२ अर्ब बढी ऋण लिएकाे छ । डिजिटल साक्षरताका लागि भाैतिक पूर्वाधार बनाउने काम गलत हाेइन । तर डिजिटल साक्षर कसलाई गर्दै छाैं, कुन अडियन्सलाई गर्दैछाैं भन्ने कुरामा ध्यान दिन आवश्यक छ । डिजिटल साक्षरताका लागि बनाइएका पूर्वाधारहरु प्रयाेग गर्ने मान्छे कमै छन् ।

खासमा सरकारले पहिलाे चरणमा बालबालिकालाई डिजिटल साक्षर बनाउने कुरामा काम गर्नुपर्थ्याे । त्यसपछि डेटा सेन्टर जस्ता कुराहरुमा काम गरेकाे भए उत्तम हुन्थ्याे । तर सरकारले कामलाई प्राथमिकता दिएन । कक्षा १ काे विद्यार्थीलाई एकैचाेटी कक्षा १० मा भर्ना गरिदिए जस्ताे भयाे ।

यति ठूलाे रकम यस्ता काममा लगाइएकाे भए धेरै नतिजा प्राप्त गर्न सकिन्थ्याे । यसका लागि ऋण लिन पनि आवश्यक थिएन । यहाँ भएका ठूला कर्पाेरेट हाउसहरुलाई याे काम गर्नका लागि जिम्मा दिन सकिन्थ्याे । हुन त सरकारले गर्ने काम याेजनाबद्ध नै हाेला ! तर हामीले आधार बलियाे नबनाएर पूर्वाधार बनाउनतिर लाग्याैं । 

समस्या चेतनामा

नेपालमा करिब १२/१३ वर्ष पुगेपछि बालबालिकाले माेबाइल फाेन प्राप्त गर्छन् । अधिकांश अभिभावकले त्यस फाेनमा आफ्नाे जीमेल सेटअप गरेका हुन्छन् । अब त्याे अकाउन्टमा प्रविधिका ठूला हस्तीहरुले विज्ञापन देखाउन थाल्छन् । फेसबुक र गुगलजस्ता कम्पनीले जीमेलमा प्रयाेगकर्ताकाे उमेरअनुसार कन्टेन्ट देखाउँछन् ।

अब अभिभावकले हेर्न पर्ने कन्टेन्ट बच्चाले हेर्न थाल्छ । याे कुराले उसकाे भविष्य निर्माणमा पनि असर गर्छ । किन कि उसले २०-३० वर्षपछि हेर्नुपर्ने कन्टेन्ट १२-१३ वर्षकाे उमेरमा हेरिरहेकाे हुन्छ । यस कुराले उ स्वत: जाेखिमकाे क्षेत्रमा पर्छ । उसलाई नचाहिने कुराहरु जबर्जस्ती उसले हेर्नुपर्ने हुन्छ । नेपाल सरकारले यी कुरामा काम गर्नुपर्ने थियाे ।

डिजिटल विज्ञापन र बालबालिका

बालबालिकाहरूलाई जुन कुरा देखाइयाे, त्यसैमा विश्वास गर्छन् । यसले गर्दा उनीहरु सही/गलत छुट्याउन सक्दैनन् । नेपालमा बालबालिकालाई कस्ताे विज्ञापन देखाउने भन्ने नीति छैन । बालमनाेविज्ञानमा असर पुग्ने विज्ञापन माेबाइल-फाेनमा आइरहेका हुन्छन् ।

यस्ता प्रकारका विज्ञापनले बालबालिका एउटा कुनै ब्राण्डप्रति मात्र माेहित हुन्छन्, आकर्षित हुन्छन् । जस्ताे: हर्लिक्सलाई दुधसँगै खाए स्वास्थ्य राम्राे हुन्छ भनेर देखाउनुपर्ने हाे । तर यहाँ त उचाइ बढ्छ भनेर देखाइन्छ । त्यस्तै डिटाेलले हात धाेए किटाणु मर्छन् भनेर देखाइन्छ । उमेर पुगेकाहरुले त अरु साबुन भएपनि हुन्छ भनेर बुझ्छाैं ।

तर बालबालिकाले बुझ्दैनन् । हाे, यिनै कुरामा सरकारले काम गरेकाे भए आउँदाे पुस्ता डिजिटल रूपमा धेरै साक्षर हुने थिए । तर सरकारले अलि बाहिर रहेर साेच्न सकेन । 

भिडिओ गेम 

अहिले धेरैले पब्जी, फ्री-फायरजस्ता भिडिओ गेममा डायमन्ड टपअप गर्न, कस्ट्युम किन्न पैसा खर्च गरिरहेका छन् । हुन त खेल्न नराम्राे काम भने हाेइन । उनीहरुलाई आफ्नाे शरीरमा राम्राे लुगा भए/नभएकाे वास्ता छैन । तर गेमका पात्रकाे लुगामा पैसा खर्च गरिरहेका छन् । यी कुरा भनेकाे धेरैका लागि काम क्षणिक खुसी हुन् । गेममा गर्ने खर्च बचत गर्दा राम्राे काममा खर्च हुन सक्छ ।

यस्ताे कुराहरुका बारेमा डिजिटल साक्षरताले सचेतना फैलाउने काम गर्छ । हुन त नेपालमा यस्ता अनलाइन गेमहरु नियन्त्रणमा छैनन् । नेपाल सरकारसँग कति जनाले यस्ता गेम खेल्छन् भन्ने तथ्याङ्क छैन । युवाहरु यहाँ गेम खेल्छन् । पैसा खर्च गर्छन् । उता विदेशी कम्पनीले पैसा कमाइरहेका हुन्छन् ।  त्यस्तै अहिलेका धेरै बच्चाहरु खाना खाँदा माेबाइलमा नै झुन्डिरहेका हुन्छन् ।

उनीहरुसँग बाेल्न जाँदा पनि माेबाइलका कारण राम्राेसँग बाेल्दैनन् । त्यस बेला उनीहरु कि त गेम खेलिरहेका हुन्छन्, या त अनावश्यक कुरा हेरिरहेका हुन्छन् । ‘बच्चाले खाजा खाओस्, तर गेममा टपअप नगराेस्’ भन्ने चेतना भएन । जसमा काम गर्नु आवश्यक छ । उसलाई गेमकाे सट्टा प्राेगामिङ सिक्ने बनाउनुपर्छ ।

प्राथमिकता अनुसार डिजिटल डिभाइस प्रयाेग गर्नु पनि डिजिटल साक्षर हुनु हाे । जुन आजका धेरै युवा तथा बालबालिकालाई सिकाउन आवश्यक छ । बच्चाहरुले भिडिओ गेम धेरै खेल्न थाले भने उनीहरु मानसिक रुपमा बिरामी पर्न सक्छन् । उनीहरुकाे भविष्य कालाे हुन सक्छ । तर यस्ताे अवस्थाकाे सिर्जना हुनुमा बच्चाहरुकाे दाेष हाेइन ।

यहाँ सरकारकाे कारण उनीहरु यस्ता हुन बाध्य भएका छ्न् । अभिभावकले सबै कुरामा बच्चालाई 'कन्ट्राेल' गर्न सक्दैनन् । यस्ताे अवस्थामा सरकारकाे भूमिका प्रमुख रहन्छ । सेन्सरशिपकाे प्रयाेग गरेर बच्चाका लागि के सही हुन्छ, त्याे मात्र देखाउन सकिन्छ । 

डिजिटल साक्षर बढाउन कसकाे भूमिका के ?

व्यक्तिले के गर्न सक्छ?

अरुले जति गरे पनि व्यक्तिले चाहेन भने उ डिजिटल साक्षर हुन सक्दैन । यसकारण व्यक्ति इन्छुक हुन पर्छ । इन्छुक व्यक्तिले ‘कसरी डिजिटल साक्षर हुने’ भन्ने कुरा खाेज्न सक्छ । पढ्न सक्छ । ‘म के गर्दा डिजिटल साक्षर हुन्‍छु’ भन्ने कुरा पत्ता लगाइसकेपछि उ डिजिटल साक्षरताकाे बाटाेमा स्वयं हिँड्छ ।

डिजिटल साक्षर हुन व्यक्तिले गर्नसक्ने कुरा बुदाँमा हेराैं; 

-आफूभन्दा अग्रजहरुलाई यसबारे साेध्ने

-डिजिटल प्लेटफर्महरुमा कस्ता साथी बनाउने भन्ने कुरामा ध्यान दिने

-बिनाअनुमति अरुकाे अकाउन्टमा मेसेज हेर्नु, पठाउनु घर फाेड्नु बराबरकाे अपराध हाे भन्ने कुरा बुझ्ने

-आफ्नाे डिजिटल व्यक्तित्वलाई सुरक्षित राख्न ध्यान दिने

हामी भाैतिक साथीहरु बनाउँदा धेरै कुराहरुमा ख्याल गर्छाैं । याे कुरा डिजिटलमा पनि लागू गर्नुपर्छ । जस्ताे : कसैकाे प्राेगामर बन्ने उद्देश्य छ भने उसले प्राेग्रामिङ गरिरहेकाहरुलाई फलाे गर्ने, ठूला प्रविधि कम्पनीहरुलाई फलाे गर्ने, प्राेगामिङमा सहयाेग गर्ने आईटीएसएनपी जस्ता ग्रुपमा जाेडिने आदि काम गर्नुपर्छ ।

याे जमानामा व्यक्तिलाई भेट्नुभन्दा अगाडि उसकाे डिजिटल व्यक्तित्वलाई हेर्न सकिन्छ । यसका लागि आफूलाई मनपर्ने व्यक्तिकाे अन्तर्वार्ता, पाेडकास्ट सुन्न सकिन्छ । जस्तै: प्राेगामर बन्न खाेजिरहेकाले कुनै गेम खेल्न अथवा चलचित्र हेर्नुभन्दा पनि प्राेगामिङकाे भिडिओहरु हेर्न सक्छ । 

अभिभावकले के गर्न सक्छन् ?

सबैभन्दा सुरुमा अभिभावक स्वयंलाई डिजिटल साक्षरताका बारेमा थाहा हुनुपर्छ । हुन त प्रत्येक अभिभावकका स्वभाव भिन्न हुने गर्छन् । कसैलाई आफ्नाे सन्तानले दिनभर टिकटक चलाएकाे मन पर्ला, कसैलाई मन पर्दैन ।

अभिभावककाे मुख्य काम बच्चाका लागि अनलाइनमा अकाउन्ट खाेल्दा आफैंले तयार पारिदिनु हाे । जिमेल अकाउन्ट बनाउँदा अभिभावकले ‘फर माई चाइल्ड अकाउन्ट’ चयन गर्न सक्छन् । यसाे गर्दा बालबालिका केन्द्रित कन्टेन्टमात्र देखापर्छन् । 

अब बुँदामा हेराैँ :

-‘चाइल्ड माेड’ अन गर्ने

-बच्चाकाे बालमनाेविज्ञानमा असर गर्नसक्ने खालका भिडिओ हेर्दा हेडफाेनकाे प्रयाेग गर्ने अथवा बच्चा नभएकाे ठाउँमा जाने

-बच्चालाई अनावश्यक भिडिओ हेर्ने अथवा गेम खेल्न दिनेभन्दा पनि शैक्षिक भिडिओहरु हेर्न प्रेरित गर्ने

-बच्चाले माेबाइलमा कति समय बिताए र के के हेरे भन्ने कुरा हेर्ने

-बच्चा पढिरहेकाे विद्यालयमा डिजिटल साक्षरताबारे कार्यक्रमकाे अनुराेध गर्ने

-बाेलेर गाली गर्नु र टाइप गरेर गाली गर्नु एउटै हाे है, भन्ने कुरा सिकाउने

यसरी कुनै बच्चालाई एक वर्षसम्म राम्राे कन्टेन्ट हेर्न मद्दत गरियाे अर्काे वर्षबाट उ आफैं राम्राे कन्टेन्ट हेर्न थाल्छ । त्यसमा एल्गाेरिदमहरुले पनि प्रमुख भूमिका खेल्छ । 

विद्यालयले के गर्न सक्छन् ?

अभिभावकले जस्तै विद्यालयले पनि धेरै काम गर्न सक्छन्, डिजिटल साक्षरतामा । विद्यालयमा ‘याे याे कन्टेन्ट हेर्याे भने भविष्य यस्ताे हुन्छ’ भनेर सिकाउन सकिन्छ ।

काेही विज्ञलाई विद्यालयमा बाेलाएर डिजिटल साक्षरता बारेमा तालिम सञ्चालन गर्न सकिन्छ । त्यस्तै विद्यालयले नमूनाका लागि साना-साना प्राेजेक्टहरु गर्न सक्छन् ।

विद्यालयले गर्नुपर्ने थप कुराहरु बुँदामा हेराैं: 

-अभिभावकसँग सहकार्य गरेर विद्यार्थीलाई डिजिटल साक्षरताका काम गर्ने

-प्रहरी प्रशासनसँग सहकार्य गरेर अनलाइनमा कस्ता काम गर्दा अनैतिक हुन्छ, सजाय पाइन्छ भन्ने कुरा बुझाउने

-डिजिटल प्रविधिकाे महत्त्व देखाउन यस क्षेत्रमा काम गरिरहेका जनशक्तिसँग सहकार्य गर्ने

-विद्यालयका हरेक कामहरु डिजिटल प्रविधिमार्फत गर्ने, त्यसमा विद्यार्थीलाई सहभागी गराउने

इन्फ्लुएन्सरहरुले के गर्न सक्छन् ?

कुनै कुरामा अन्य व्यक्तिलाई प्रेरित गर्नसक्ने गुण इन्फ्लुएन्सरमा हुन्छ ।  उनीहरुले आफ्नाे प्लेटफर्मबाट डिजिटल साक्षरतामा धेरै काम गर्न सक्छन् । व्यवहारिक जीवन र डिजिटल जीवन सधैं भिन्न हुने गर्छ । याे कुरा उनीहरुले बुझाउन सक्छन् । जसबाट एउटा निश्चित उमेर वर्गमात्र नभएर धेरै जनाले फाइदा लिन सक्छन् ।

कतिपय कलाकारले चलचित्रमा मात्र चुराेट सेवन गर्छन्, जुन कुरा उनीहरुले सार्वजनिक रुपमा भन्न सक्नुपर्छ । उनीहरुले कथाअनुसार आफ्नाे पात्रमा काम गर्नुहुन्छ, जुन डिजिटल व्यक्ति हाे । तर बालबालिकाहरुले त्याे भेद पत्ता लगाउन सक्दैनन् । 

याे कुराकाे बारेमा उनीहरूले बालबालिकाहरुलाई बुझाउन सक्छन् । फेरि उनीहरुले भनेका कुरा धेरैले विश्वास गर्छन् । यसकारण उनीहरुले सक्दाे डिजिटल साक्षरताका बारेमा चेतना फैलाउने काम गर्नुपर्छ ।

सरकारले के गर्न सक्छ ?

डिजिटल साक्षरतामा सरकारकाे भूमिका प्रमुख रहन्छ । अभिभावकहरुले बच्चाहरुलाई केही हदसम्म डिजिटल रुपमा साक्षर गर्न सक्छन् । तर आममानिसमा डिजिटल साक्षरताकाे चेतनामा सरकारले काम गर्न सक्छ । यसका लागि सरकारले डिजिटल साक्षरतामा काम गरिरहेका विज्ञहरुलाई याेजना निर्माण र कार्यान्वयनमा गर्न लगाउन सक्छ । 

डिजिटल साक्षरतामा काम गरिरहेका संस्थाहरु नेपालमा धेरै छन् । उनीहरुलाई विभिन्न तरिकाले सहयाेग गर्न सक्छन् । सरकारसँग धेरै स्राेतहरु हुने गर्छ, जसकाे भरपूर प्रयाेग गरेर डिजिटल साक्षरतामा काम गर्न सकिन्छ । जस्ताे : डिजिटल साक्षरताकाे बारेमा पाठ्यक्रम तयार पार्न सकिन्छ । जहाँ के के गर्दा डिजिटल साक्षर हुने र के के गर्दा नहुने भन्ने कुराहरुका बारेमा चर्चा गर्न सकिन्छ ।

त्यसबेला इन्टरनेटमा कसरी सुरक्षित हुन सक्छाैँ भन्ने कुरा लेख्न सकिन्छ । संघ-संस्थालाई सहयाेग गर्ने सक्छ । 

अब सरकारले युट्युबमा उमेरअनुसारकाे कन्टेन्ट देखाउन लगाउने कुरामा तयारी गर्नुपर्छ । फेसबुकजस्ता सामाजिक सञ्जालमा १८ वर्ष मुनिका प्रयाेगकर्ताले बनाएकाे अकाउन्टमा विज्ञापन देखाउन बन्द गराउने कुरामा काम पर्छ । त्यस्तै अभिभावकलाई बच्चाहरु डिजिटल संसारमा कसरी सुरक्षित राख्ने भन्ने विषयमा तालिमहरु प्रदान गर्नुपर्छ । 

सरकारले बालबालिकाहरुलाई विज्ञापन नदेखाउने कुरामा कडाइका साथ काम गर्नुपर्ने देखिन्छ ।

(कुराकानीमा आधारित)