close

पशुपति शर्माले ल्याए अनलाइनमा फैलिने भ्रामक सूचनाबाट जोगाउने जनचेतनामूलक गीत

टेकपाना टेकपाना

कात्तिक २९, २०७९ १८:५५

पशुपति शर्माले ल्याए अनलाइनमा फैलिने भ्रामक सूचनाबाट जोगाउने जनचेतनामूलक गीत

काठमाडौं । कलाकार पशुपति शर्माले सामाजिक सञ्जाल तथा इन्टरनेटमा फैलिने मिथ्या सूचनाबाट सचेत हुन आग्रह गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् ।

सेन्टर फर मिडिया रिसर्च नेपालको सहकार्यमा शर्माले 'मिथ्या सूचनाबाट बचौँ साथी हो' बोलको गीत मङ्गलबार आफ्नो युट्युब च्यानलमा अपलोड गरेका हुन् ।

गीतमा लय, शब्द र संगीत शर्माकै छ । सामाजिक सञ्जाल तथा इन्टरनेटमा कस्ता कुराहरू फैलिन्छन् भन्ने विषयमा उनले गीतमार्फत जानकारी दिन खाेजेका छन् ।

विगतमा सामाजिक सञ्जालबाट फैलिएका मिथ्या सूचना र त्यसबाट भएको क्षतिलाई गीतमार्फत दर्शाइएको छ ।  

 


 

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०७९ १८:५५