काठमाडौं । यदि तपाईँ क्रेडिट अथवा डेबिट कार्ड प्रयोग गर्नुहुन्छ भने यो कार्डको म्यादको विषयमा पक्कै पनि जानकार हुनुहुन्छ होला । यो मितिले प्रयोगकर्ताको पहिचान प्रमाणीकरण देखि विभिन्न प्रकारको जोखिमहरूबाट बचाउन मद्दत गर्छ । तर यदि कार्डको म्याद सकिएको छ भने, तपाईं यसलाई पूर्ण रूपमा प्रयोग गर्न सक्नुहुन्न । यसकारण पनि तपाईंले आफ्नो कार्डको म्याद सकिने मितिमा ध्यान दिनुपर्छ ।
किन सकिन्छ क्रेडिट कार्ड र डेबिट कार्डको म्याद ?
सामान्य भाषामा क्रेडिट वा डेबिट कार्डमा हुने म्याद सकिने मिति मात्र मिति नभएर एउटा कोड पनि हो जसले प्रयोगकर्ताको पहिचान दिन्छ । अर्थात तपाईं कुनै स्थानमा जानु भयो र तपाईंले आफ्नो क्रेडिट वा डेबिट कार्ड प्रयोग गरेर भुक्तानी गर्दै हुनुहुन्छ भने सो कार्ड तपाईंको नै हो भनेर तपाईंको कार्डको मितिबाट थाहा हुन्छ ।
साथै यसले कार्डमा हुने ईएमभी चिपलाई अपडेट गर्ने अवसर पनि दिन्छ । प्रत्येक केही वर्षमा कार्डहरू प्रतिस्थापन गर्नाले कार्डहरू काम गर्ने अवस्थाभन्दा बाहिर नहट्ने कुरा सुनिश्चित गर्न मद्दत गर्दछ । र यदि कार्ड हरायो वा चोरी भयो भने, म्याद सकिने मितिले अनधिकृत व्यक्तिले कार्ड प्रयोग गर्नबाट रोक्न मद्दत गर्दछ ।
यसैले तपाईंको कार्डको म्यादको विषयमा तपाईंले निकै ख्याल गर्नुपर्ने हुन्छ । म्याद सकिएको खण्डमा अथवा सकिनु अगावै आफ्नो सम्बन्धित बैंकसँग सम्पर्क गर्न सकिन्छ ।