close

इम्बोस्ड नम्बर प्लेटको सेवा ३ दिनसम्म बन्द हुने

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १३:२७

इम्बोस्ड नम्बर प्लेटको सेवा ३ दिनसम्म बन्द हुने

काठमाडौं । इन्बोस्ड नम्बर प्लेटको अनलाइन तथा कार्यालयबाट सम्पन्न हुने सेवा तीन दिनसम्म बन्द हुने भएको छ ।

एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले इम्बोड नम्बर प्लेट प्रणालीका सर्भरहरूको विद्युत आपूर्ति प्रणाली यूपीएस मर्मत गर्नुपर्ने भएकाले मंसिर ९ देखि ११ गतेसम्म सर्भर बन्द रहने जानकारी दिएको हो ।

यो अवधिमा अनलाइन आवेदन तथा यातायात कार्यालयहरूबाट प्रदान गरिने सेवा अवरूद्ध हुने भएकाले यसबाट सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले माफी मागेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १४:०