close

बीवाईडीले बेच्यो ३० लाख बिजुली कार

टेकपाना टेकपाना

मंसिर ८, २०७९ १५:४७

बीवाईडीले बेच्यो ३० लाख बिजुली कार

काठमाडौं । अटो ब्राण्ड बीवाईडीले ३० लाख विद्युतीय कार बिक्री गरेकाे छ । चीनको सान्जेनमा रहेको आफ्नो मुख्य कार्यलयमा हालै एक कार्यक्रम गर्दै कम्पनीले यसबारे जानकारी दिएकाे हाे ।

विश्वभर न्यू इनर्जी भेहिकलको क्षेत्रमा कम्पनीले याे संख्यामा विद्युतीय कार बेचेकाे हाे । कम्पनीका अनुसार पहिलो १० लाख युनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख युनिट एक वर्षमै पूरा गरेको कम्पनीले बाँकी १० लाख युनिट उत्पादन र बिक्री ६ महिनामा पूरा गरेको हाे ।

कम्पनीले पछिल्ला १८ महिनामा २० लाख युनिट कार उत्पादन गरेर बजारमा पठाएको जानकारी दिएकाे छ । यसलाई बीवाईडीले न्यू इनर्जी भेहिकल उत्पादनको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धिका हिसाबले लिएको छ ।

यो उत्पादन र बिक्री आँकडाबाट न्यू इनर्जी भेहिकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको छ र ग्लोबल ग्रिन मोबिलिटीमा कस्तो सहयोग पुगेको छ भन्ने प्रष्ट देखाएको कम्पनीको बताएको छ । अहिले बीवाईडीले आफ्नो उपलब्धता ६ वटै महादेशको ७० देशका ४०० भन्दा बढी सहरहरुमा विस्तार गरेकाे छ ।

३० लाख युनिट कार उत्पादन र बिक्री भएको खुसीयाली मनाउने क्रममा बीवाईडीका अध्यक्ष वाङ चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, मिडियाकर्मी, उद्योगका पार्टनर, लगानीकर्ता, बिक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका छन् ।

उक्त अवसरमा वाङले एसियन फुटबल कन्फिडरेसनबाट सन् २०१८ को एसियन महिला फुटबल अफ दी एयरबाट सम्मान भएकी वाङ सुवाङलाई आफ्नो ३०औं लाख उत्पादनका रूपमा विशेष डिजाइनकाे विद्युतीय कार हस्तान्तरण गरे ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १५:४७