close

म्यादी प्रहरीबारे अश्लीलता फैलाएको आरोपमा युट्युबर पक्राउ

टेकपाना टेकपाना

मंसिर १४, २०७९ १९:३३

म्यादी प्रहरीबारे अश्लीलता फैलाएको आरोपमा युट्युबर पक्राउ

काठमाडौं । म्यादी प्रहरीबारे युट्युब तथा फेसबुकबाट अश्लीलता फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौँडा चार हुप्राचौर बस्ने २० वर्षीय नवीन खड्का रहेका छन् ।

खड्कामाथि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षार्थ खटिएका म्यादी प्रहरीबारे विभिन्न आक्षेप तथा लाच्छना लगाएर भिडिओ बनाएको आरोप लागेको छ ।

समाजमा अपाच्य हुने शब्दहरू प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गरेको र निर्वाचनमा खटिएका सुरक्षाकर्मीको चरित्रमा दाग लाग्ने भिडिओ सामग्री बनाएर प्रसारण गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिइएकाे प्रहरी प्रधान कार्यालय साइबर ब्यूराेले जनाएकाे छ ।

खड्कालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट मंगलबार पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा साइबर ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बुधबार सात दिनको म्याद थप गरी यस घटनाबारे आवश्यक अनुसन्धान गर्न आदेश दिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०७९ १९:३३