बागमती प्रदेशमा आइतबारदेखि नयाँ व्यवस्था, ट्रायलमा ७० अंक ल्याए लाइसेन्स पाइने
मंसिर १६, २०७९ १६:२७
काठमाडौं । बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि ट्रायलमा ७० अङ्क ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ । प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मंसिर १८ गते आइतबारदेखि याे व्यवस्था लागू हुने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंले यसका लागि सम्पूर्ण तयारी पूरा भएकाे जानकारी दिए । अब बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र पाउन परीक्षार्थीले प्रयोगात्मक परीक्षा (ट्रायल) मा कुल १०० मध्ये ७० अंक ल्याउनुपर्नेछ ।
यसअघि लिखित परीक्षामा ५० प्रतिशत ल्याए ट्रायल दिन पाइन्थ्याे भने अब ६० प्रतिशत ल्याउनुपर्ने छ ।
याे व्यवस्था प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा लागू भइसकेकाे छ ।
सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि दिनुपर्ने ट्रायल परीक्षालाई सहज गराउन संघीय सरकार, भौतिक तथा पूर्वाधार मन्त्रालयले २०७७ मा नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ जारी गरेको थियो ।
यस्ताे छ कार्यविधि
पछिल्लो अध्यावधिक: मंसिर १६, २०७९ १६:४०
