काठमाडाैं । नेपालमा महँगो विद्युतीय स्कुटर सार्वजनिक भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी 'ईभी नेपाल एक्स्पो २०२२' मा चिनियाँ ब्रान्ड इकुटरको 'ईफाइभ' (E5) स्कुटर सार्वजनिक गरिएकाे हाे ।
पायाेनियर वर्ल्डवाइड प्रालिले नेपाली बजारमा भित्र्याएको याे स्कुटरकाे मूल्य साढे सात लाख रूपैयाँ ताेकिएकाे छ । स्कुटरमा ६४ भोल्ट ४२ एम्पियरको लिथियम आयन ब्याट्री जडान गरिएको छ ।
कम्पनीका अनुसार एक पटकको फुल चार्जमा अधिकतम १७० किलोमिटरसम्म स्कुटर गुडाउन सकिन्छ । स्कुटरमा डबल च्यानल एबीएस सिस्टम उपलब्ध छ ।
कम्पनीले याे स्कुटरमा मोबाइल सिमसमेत प्रयोग गर्न सकिने जानकारी दिएकाे छ, जसकाे माध्यमबाट स्कुटर ट्र्याक गर्न सकिन्छ । स्कुटरमा मोटरले अधिकतम दिने पावर ८००० वाट रहेकाे छ ।
'ईभी नेपाल एक्स्पो २०२२' मा अवलाेकनकर्ताले याे स्कुटरकाे टेस्ट ड्राइभसमेत गर्न सक्नेछन् ।