close

मोबाइलमा रिचार्ज गर्दा डेटा बोनस दिँदै टेलिकम

टेकपाना टेकपाना

मंसिर १९, २०७९ १३:१२

मोबाइलमा रिचार्ज गर्दा डेटा बोनस दिँदै टेलिकम

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले मोबाइल रिचार्ज (टपअप) गर्दा बाेनस स्वरूप डेटा पाउने भएका छन् । ग्राहकले रु. २००, रु. ५०० र रु. १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत एक दिन प्रयोग गर्न सकिने १ जीबी डेटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डेटा उपलब्ध हुनेछ ।

त्यसैगरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बाेनस स्वरुप प्राप्त हुनेछ ।

यो अफर भोलि मंगलबारदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ । यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ १३:१२