close

नेपाली विद्यार्थीका रोचक आविष्कार, मोबाइल गेमदेखि रोबोटसम्म

टेकपाना टेकपाना

मंसिर २४, २०७९ १२:१

काठमाडाैं । इन्जिनियर भ्लग्‍सकाे आयाेजनामा शुक्रबारदेखि काठमाडाैंस्थित एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको प्राङ्गणमा ‘अर्बिट इन्जिनियरिङ एक्स्पाे’ सुरू भएको छ । ‘रि-इन्जिनियरिङ याेर आइडिया फर सस्टेनेबल नेपाल’ थिममा सञ्चालन भएकाे याे एक्स्पाे शनिबार सम्पन्न हुनेछ ।

इन्जिनियर भ्लग्स स्नातकमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीले सन् २०२० मा गठन गरेकाे एक ‘कम्युनिटी’ (समुदाय) हाे । एक्स्पाेमा इन्जिनियरिङका विद्यार्थीले बनाएका प्राेजेक्ट प्रदर्शनीमा राखिनेछ । साथै राेबाे फुटबल, राेबाे वार, पेपर ब्रिज कम्पिटिसन आदि समेत एक्स्पोमा देख्न पाइनेछ ।

आगन्तुकका लागि प्रवेश निःशुल्क गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ १८:५१