close

अबकाे तीन सातामा फाइभजी परीक्षण थाल्दै टेलिकम, सित्तैमा चलाउन पाइने

टेकपाना टेकपाना

मंसिर २७, २०७९ १८:५२

अबकाे तीन सातामा फाइभजी परीक्षण थाल्दै टेलिकम, सित्तैमा चलाउन पाइने

काठमाडौं । सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अन्ततः फाइभजी परीक्षण सुरु गर्ने भएको छ । काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले याे सेवाकाे परीक्षण गर्ने भएकाे हो ।

टेकपानासँग कुरा गर्दै नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको करिब दुई वर्षपछि फाइभजी ट्रायल अघि बढाउन लागेको जानकारी दिए ।

"जनवरी १ मा काठमाडौंबाट परीक्षण सुरु गर्नेछौँ," उनले भने, "काठमाडौंमा सफल भएको खण्डमा क्रमशः देशका सातै प्रदेशमा फाइभजी ट्रायल सुरु हुन्छ ।" ​यसअनुरूप अहिले उपकरण परीक्षणको काम भइरहेको उनले बताए ।

"परीक्षण सुरु गर्न आवश्यक सबै उपकरणको डिटेल टेस्टिङ गर्नुपर्छ । बीचमा प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भएकाे हुँदा हाम्रो कोर सपोर्टमा डेडिकेटेट प्राविधिक जनशक्ति निर्वाचनमा खटिनुपर्‍यो । जसले गर्दा परीक्षण केही ढिलो भएको छ," उनले थपे  ।

प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । यही फ्रिक्वेन्सीबाट परीक्षण थालिने प्रवक्ता अधिकारीले जानकारी दिए । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यवसायीक प्रयोजनबाट सुरु गर्ने योजना रहेको जनाएका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १८:५२