काठमाडौं । विश्वबजारमा सार्वजनिक भइसकेको स्मार्टफोन 'रियलमी १० प्रो प्लस' अब नेपालमा पनि चाँडै भित्रिने भएको छ । रियलमी १० प्रो सिरिज अन्तर्गतको यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको कर्भ्ड डिस्प्ले छ ।
मिडियाटेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरासहित ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ ।
सी ब्लु र स्टारलाइट गरी दुई रङ्गमा उपलब्ध यो फोनमा ६७ वाटको फास्ट चार्जर सहितको ५,००० एमएएचको ब्याट्री छ । यो फोन ८ जीबी र १२ जीबी र्यामसहित १२८ जीबी स्टोरेज र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
कम्पनीले नेपाली बजारका लागि फोनको मूल्य भने सार्वजनिक गरिसकेको छैन ।