close

विश्वकप फुटबल फाइनल हुँदा गुगल सर्चमा २५ वर्ष यताकै बढी ट्राफिक

टेकपाना टेकपाना

पुस ४, २०७९ २०:३७

विश्वकप फुटबल फाइनल हुँदा गुगल सर्चमा २५ वर्ष यताकै बढी ट्राफिक

काठमाडौं । फिफा विश्वकप २०२२ खेलको फाइनल हुँदा गुगल सर्चमा २५ वर्षयताकै सबैभन्दा बढी ट्राफिक भएको पाइएको छ । गुगलको मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाइले एक ट्वीट गर्दै कम्पनी स्थापित भएपछि गुगल सर्चमा सबभैन्दा बढी ट्राफिक यो विश्वकप फाइनल खेलमा भएको बताएका छन् ।

आइतबार लिओनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेसँगै इन्टरनेट विश्वकपमय बनेको छ । "फिफा विश्वकप फाइनल हुँदा गुगल सर्चमा २५ वर्षयताकै सबैभन्दा बढी ट्राफिक आएको रेकर्ड भएको छ," कम्पनीका सीईओ सुन्दर पिचाइले ट्वीटमा लेखेका छन्, "लाग्छ यो सारा संसारले एउटै कुरा खोजिरहेको छ ।"

पिचाइले अर्को ट्वीट गर्दै लिओनल मेस्सी र अर्जेन्टिनालाई बधाई दिएका छन् । गुगल मात्र नभई सामाजिक सञ्जाल पनि विश्वकपमय बनेका छन् । ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीट गर्दै प्रति सेकेन्ड २४ हजार ४०० ट्वीट भइरहेको जानकारी दिएका थिए, जो विश्वकपको समयमा भएको सबैभन्दा बढी ट्वीट हो । 

 

 

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ २०:३८