काठमाडौं । सामसङका वासिङ मसिनमा तार शट हुने तथा उच्च तापक्रम भई आफैं आगलागी हुने समस्या देखिएको छ । याे समस्या अमेरिकी बजारमा देखिएकाे हाे । समस्या आएसँगै कम्पनीले बजारबाट केही उत्पादन फिर्ता मागेको छ ।
कम्पनीले पाएका ५१ मध्ये १० रिपोर्टमा वासिङ मसिन आगलागी हुँदा अन्य सामग्रीहरू जलेको तथा प्रयोगकर्ता आफैं पनि घाइते भएको गुनासाे टिपाइएकाे थियाे । विशेषगरी सुपर स्पिड वास फिचर भएका WA49B, WA50B, WA51A, WA52A, WA54A र WA55A मोडेलहरूमा यस्ताे समस्या देखिएकाे जनाइएको छ ।
सन् २०२१ को जुन महिनादेखि २०२२ को डिसेम्बर महिनाभित्र बिक्री भएका उल्लेखित मोडेलहरूमा समस्या देखिएको हाे । यो मोडेलका वासिङ मसिनहरू कम्पनी/बिक्रेतालाई नै फिर्ता गर्न सामसङले आग्रह गरेको छ ।