close

मेसेजमा आएका लिङ्क क्लिक नगर्न ई-सेवाको आग्रह

टेकपाना टेकपाना

पुस १०, २०७९ १५:३३

मेसेजमा आएका लिङ्क क्लिक नगर्न ई-सेवाको आग्रह

काठमाडौं । अहिले एउटा एपीकेका कारण कयौँ नेपालीहरू साइबर आक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । 'नेपाली गर्ल' नामक एपीकेका कारण एकपछि अर्को गर्दै मोबाइल बैंकिङ, डिजिटल वालेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ठगिन थालेका हुन् ।  यही विषयलाई लिएर ई-सेवाले मेसेजमा प्रलोभन देखाएर आएका कुनै पनि लिङ्क क्लिक नगर्न अनुरोध गरेको छ । 

"कुनै पनि व्यक्तिबाट विभिन्न प्रलोभन देखाएर सोसल मिडिया र मेसेज (इन्बक्स) मा लिङ्क शेयर गरेमा उक्त लिङ्क क्लिक नगर्नुहोला," कम्पनीले सूचनामा लेखेको छ, "लिङ्क क्लिक गरेमा तपाईँको मोबाइलको एक्सेस उक्त व्यक्तिले पाउन सक्छ ।"

यसले प्रयोगकर्ताको गतिविधि नियालेर उनीहरूको रुचि अनुसारका एपीके फाइलहरू पठाउने गरेको विज्ञहरूले बताएका छन् । त्यसरी फोनमा प्रवेश गरेको उक्त फाइलले बैंक तथा डिजिटल वालेटमा रहेको ब्यालेस्न रित्याउने घटना बढिरहेका छन् ।

पछिल्लो अध्यावधिक: पुस १०, २०७९ १५:३३