close

क्यान महासंघमा पदाधिकारी बाँडफाँड, कसले कुन पद पाए ?

टेकपाना टेकपाना

पुस ११, २०७९ १८:३५

क्यान महासंघमा पदाधिकारी बाँडफाँड, कसले कुन पद पाए ?

काठमाडौं । कम्प्युटर एसाेसिएन नेपाल महासंघ (क्यान महासंघ)ले नयाँ कार्यसमितिका लागि पदाधिकारी बाँडफाँड गरेको छ । सोमबार कार्यसमितिका सदस्यहरुबाट संसदीय प्रणाली अनुरुप उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा पदाधिकारी चुनिएको हो ।

यसअघि सोमबार भएको महाधिवेशनमा रणजित पौदार अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । छ उपाध्यक्ष, एक महासचिव, सात सचिव र एक कोषाध्यक्ष पद टुङ्ग्याएसँगै महासंघमा पदाधिकारी टोली निश्चित भएको छ ।

यसअन्तर्गत उपाध्यक्ष (व्यक्तिगत समूह) मा खुशल रेग्मी विजयी भएका छन् । उनले डा. अभिजित गुप्तालाई हराए । रेग्मीलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ ।

त्यस्तै उपाध्यक्ष (संस्थागत समूह) मा उमेश रघुवंशी र विश्वराम बलामीलाई हराउँदै राजेन्द्र प्रसाद अर्याल निर्वाचित भए ।

उपाध्यक्ष (जिल्ला शाखा समूह) मा भने ध्रुवराज शर्मा (सुदिप) र हर्कबहादुर सेटी निर्वाचित भएका छन् । यो समूह अन्तर्गत उपाध्यक्षमा शेखरनाथ दुलाल र ठाकुरकुमार श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

त्यस्तै महिला उपाध्यक्षमा सरिता सिंह निर्विरोध चयन भएकी छन् ।

महासंघको महासचिवमा भने हेमपाल श्रेष्ठलाई हराउँदै चिरञ्जीवी अधिकारी निर्वाचित भए ।

त्यस्तै सात ओटै सचिव पद निर्विरोध भएका छन् । यसअन्तर्गत सुमनलाल प्रधान (व्यक्तिगत समूह) बुद्धरत्न तुलाधर (संस्थागत समूह) प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएका छन् । जिल्ला शाखा समूहबाट सचिव पदमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा नवीन जोशी निर्विरोध निर्वाचित भएको क्यान महासंघ निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ १९:२०