काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी डिशहोमले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नयाँ अफर ल्याएको छ । यस अफरअन्तर्गत नयाँ ग्राहकले मासिक ५९५ रुपैयाँ (कर बाहेक) तिरेर ७५ एमबीपीएस इन्टरनेट चलाउन सक्नेछन् ।
याे अफर लिने ग्राहकका लागि फाइभजी डुअल ब्यान्ड राउटर र जडान खर्च निःशुल्क गरिएकाे छ भने ५०० रुपैयाँ तार खर्च स्वरूप तिर्नुपर्ने छ ।
यसको अर्थ ७५ एमबीपीएस इन्टरनेट लिने ग्राहकले वार्षिक रूपमा आठ हजार ६३३ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै एक महिनाका जडान गर्न प्रयोगकर्ताले करसहित कुल एक हजार २३७ रूपैयाँ तिर्नुपर्ने हुन्छ ।
त्यस्तै तीन महिनाका लागि दुई हजार ५८२ रुपैयाँ लाग्नेछ ।
त्यसबाहेक आईटीभी सेटटप बक्स आवश्यक परेमा छुट्टै खरिद गर्नुपर्ने कम्पनीले जनाएकाे छ । यसका लागि सेटटप बक्स शुल्क १५ सय र मासिक सब्स्क्रिप्सन शुल्क २५० रूपैयाँ लाग्नेछ ।