close

आहा रारा पोखरा गोल्ड कपको टिकट 'माइपे'बाट खरिद गर्न सकिने

टेकपाना टेकपाना

पुस १३, २०७९ १४:२२

आहा रारा पोखरा गोल्ड कपको टिकट 'माइपे'बाट खरिद गर्न सकिने

काठमाडौं । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको टिकट माइपे डिजिटल वालेटबाट अनलाइन खरिद गर्न सकिने भएको छ । डिजिटल वालेटबाट टिकट काट्दा १० प्रतिशत क्याशब्याक पाइने कम्पनीले जनाएको छ ।

२२औं संस्करणको यो प्रतियोगिता पुस १४ गतेदेखि २४ गतेसम्म चल्नेछ । यो अवधिमा खेल हेर्नको लागि दर्शकले माइपेबाट टिकट खरिद गर्न सक्नेछन् ।

यसरी टिकट खरिद गर्नेमध्ये हरेक दिन दुई जनाले १०० प्रतिशत क्याशब्याक प्राप्त गर्न सक्नेछ्न भने सेमिफाइनलको टिकट काट्ने दुई जनाले फाइनलको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

माइपे एप गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैबाट डाउनलोड गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०७९ १४:४२