close

टिकटकमाथि प्रतिबन्ध लगाउँदै अमेरिकी सरकार

टेकपाना टेकपाना

पुस १७, २०७९ ९:३५

टिकटकमाथि प्रतिबन्ध लगाउँदै अमेरिकी सरकार

काठमाडौं । अमेरिकी सरकारले भिडिओ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको सरकारी डिभाइसहरूमा टिकटकलाई प्रतिबन्ध गर्ने निर्णय अमेरिकी सरकारले लिएको हो । यो निर्णयलाई लागू गर्नको लागि अमेरिकाले 'नो टिकटक अन गभर्मेन्ट डिभाइसेस एक्ट' अर्थात् सरकारी डिभाइसमा टिकटक चलाउन नपाइने सम्बन्धी ऐन जारी गर्ने तयारी गरिरहेको छ । 

अमेरिकाको प्रतिनिधि सभाले पहिले ने सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । यसको साथै अमेरिकाका विभिन्न प्रदेश जर्जिया, साउथ डाकोटा, मेरिल्यान्ड र टेक्सस लगायतले आफ्नै आन्तरिक निर्णयबाट सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गरिसकेको छ । 

अब सिनेटले भने एउटा कानुन नै तयार गरेर यसलाई अगाडि बढाउन लागेको हो । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन हो । यस्तोमा चीनले प्रयोगकर्ताको डेटा चोरी गर्न पनि टिकटक प्रयोग गर्नसक्ने कारण देखाउँदै अमेरिकाले यो एपमाथि प्रतिबन्ध लगाउन लागेको हो । 

हाललाई यो प्रतिबन्ध सरकारी कर्मचारी तथा सरकारी डिभाइसहरूमा मात्र लागू गर्ने सरकारको निर्णय छ । सर्वसाधारणको हकमा के गर्ने भन्ने विषयमा भने कुनै आधिकारिक धारणा आइसकेको छैन । 
यस विषयमा टिकटकका आधिकारिक व्यक्तिहरूले अमेरिकी सरकारलाई डेटा सुरक्षित हुने दाबी गरेपनि अमेरिकाले भने यसलाई प्रतिबन्ध नै गर्ने निर्णय लिएको हो ।   

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ ९:५७