अब २५ प्रतिशत छूटमा घरमै औषधी प्राप्त गर्न सकिने भएको छ । अनलाइन अर्डरका आधारमा नेपमेडले औषधीको डेलिभरी सुविधा दिन थालेको हो ।
ग्राहकहरुले नेपमेडको वेबसाइट तथा मोबाइल एपमार्फत औषधी तथा स्वास्थ्य सामग्री मगाउन सक्ने कम्पनीले जनाएको छ । नेपमेडबाट औषधीको अनलाइन अर्डर गर्दा ई-सेवा, खल्ती र आईएमई पेमार्फत त्यसको अनलाइन भुक्तानी समेत गर्न सकिनेछ ।
४ महिना अघिदेखि सुरु भएको कम्पनीले हाल काठमाण्डौं उपत्यका र चितवनमा ओषधीको अनलाइन अर्डर र डेलिभरी सुविधा दिँदै आएको छ भने अबको केही समयपछि बुटवल र पोखरामा समेत सेवा विस्तार गर्ने तयारीमा छ ।
कम्पनीले पाँच सय रुपैयाँ मुनीकाे अर्डरमा ५० रुपैयाँ डेलिभरी चार्ज लिँदै आएको छ । त्यसभन्दा बढीको अर्डरमा भने निःशूल्क डेलिभरी दिने गरिएको कम्पनीले जनाएको छ ।
नेपमेडको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला । (आईओएस प्रयोगकर्ताले भने एपका लागि केही समय कुर्नुपर्नेछ)