close

गुगल म्याप्सको १५ वर्ष, परिवर्तन भयो आईकन

टेकपाना टेकपाना

माघ २४, २०७६ १४:११

गुगल म्याप्सको १५ वर्ष, परिवर्तन भयो आईकन

गुगलको मुख्य प्रोडक्ट मध्य एक ‘गूगल म्याप्स’ सुरु भएको १५ वर्ष पुरा भएको छ । उक्त अवसरमा कम्पनीले गूगल म्याप्सको नयाँ डिजाइन र आईकन सार्वजनिक गरेको छ ।

गूगल म्याप्समा अहिले केहि फिचर्स पनि थप भएको छ । भने, नयाँ आईकन गुगलको कलरसँग मिल्ने गरि बनाइएको छ । सेतो ब्याकग्राउन्डमा राखिएको उक्त आइकन आईओएस र एन्ड्रोएड स्मार्टफोन प्रयोगकर्ताले नयाँ अपडेटसँगै पाउने कम्पनीले जनाएको छ ।

साथै गूगल म्याप्सको जानकारीमा समेत केहि परिवर्तन भएको छ । यसको बटममा दुईवटा ट्याव–कन्ट्रिब्यूट र अपडेट छ । भने, त्यसमा रहेको फर यू ट्यावलाई सेभ्ड ट्याबमा परिर्वतन गरिएको छ ।

नयाँ गुगल म्याप्सको उक्त नयाँ भर्जन मोवाइलमा मार्चबाट देख्न सकिने उल्लेख छ ।

एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०