close

यस्तो छ सामसङको नयाँ फोल्डेबल फोन

टेकपाना टेकपाना

माघ २७, २०७६ १३:२५

यस्तो छ सामसङको नयाँ फोल्डेबल फोन

एजेन्सी । सामसङले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन आइतबार साँझ सार्वजनिक गरेको छ । सामसङले उक्त फोन ओस्कारमा गरिने विज्ञापन मार्फत सार्वजनिक गरेको हो ।

उक्त विज्ञापनमा नयाँ फोल्डेबल फोनको नाम भने उल्लेख गरिएको छैन् । तर उक्त फोनको नाम ‘ग्यालेक्सी जेड फ्लिप’ हुने सक्ने उल्लेख गरिदैँ आएको छ । फोन कम्पनीले फेब्रवरी ११ मा सार्वजनिक गर्दैछ । फोनबारे अन्य विवरण सोही कार्यक्रममा घोषण हुने अपेक्षा गरिएको छ । सोही कार्यक्रममा कम्पनीले आफ्नो नयाँ प्रिमियम फ्ल्यागसिप फोन पनि सार्वजनिक गर्ने छ ।

विज्ञापनमा देखाए अनुसार उक्त फोनको स्क्रिनसट्स अनुसार यो फोनको क्लामसेल डिजाइन छ जुन मोटोरोलाको रेजरजस्तै रहेको छ । सार्वजनिक डिजाइनमा आधारमा फोन ड्युल लेन्स क्यामेरा सिस्टम रहेको छ ।

फोनको एक्सटेयिरमा क्यामेराको नजिक एउटा सानो स्क्रिन पनि छ जसमा इन्फर्ममेसन र नोटिफिकेसनहरु देख्न सकिन्छ । यो टच सेन्सेटिभ छ । विज्ञापनमा देखाए अनुसार त्यो सानो स्क्रिनमालाई स्विप गरेर फोन कल रिसिभ गर्न सक्छ । नयाँ फोल्डेबल फोन आफै पप–अप हुन्छ र ल्यापटप जसरी यसलाई हातमा राखेर भिडियो कल गर्न सकिन्छ ।

ग्यालेक्सीको फोल्ड डिजाइनको यो फोनलाई फोल्ड गर्दा दुई भागको बीचमा ग्याप देखिन्छ । तर मोटोरोलाले निर्माण गरेको यस्तै फोनमा कब्जाको प्रयोग भएको कारण त्यसमा भने ग्याप देखिँदैन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१