close

गल्याङमा टेलिकमले निःशुल्क वितरण गर्‍यो २५०० सिम

टेकपाना टेकपाना

माघ २७, २०७६ १६:३६

गल्याङमा टेलिकमले निःशुल्क वितरण गर्‍यो २५०० सिम

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले दुई हजार पाँच सय सिमकार्ड निःशुल्क रुपमा वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्शले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा निःशूल्क सिम वितरण गरिएको कार्यालयले जनाएको छ ।

सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएका सिमकार्डमा ५० रुपैयाँको टकटाइम समेत रहेको छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्पmत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्यधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको कार्यालयका प्रमुख रामराज उपाध्यायले बताए ।

उनका अनुसार फोरजी प्रविधि आम उपभोक्ताको रोजाइमा पर्दै गएको छ । कम्पनीले केही दिन अघि मात्र देशका ७७ ओटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरेको थियो । त्यससँगै टेलिकम फोरजी नेटवर्क विस्तार गर्ने पहिलो र देशकै ठूलो सेवाप्रदायक समेत बनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१