close

सामसङ ग्यालेक्सी एस ट्वान्टी सिरिजका स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

टेकपाना टेकपाना

माघ २९, २०७६ १८:४२

सामसङ ग्यालेक्सी एस ट्वान्टी सिरिजका स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस सिरिजमा ‘एस ट्वान्टी’ संकरणका स्मार्टफोन सार्वजनिक भएका छन् । अमेरिकाको सानफ्रान्सिस्को सहरमा आयोजित ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’ मा कोरियन कम्पनीले एकै पटक ग्यालेक्सी एस ट्वान्टी, ग्यालेक्सी एस ट्वान्टी प्लस र ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा गरी तीन स्मार्टफोन सार्वजनिक गरेको हो ।

उत्कृष्ट प्रविधि र क्यामेराका लागि चिनिएको ग्यालेक्सी सिरिजका यी स्मार्टफोनमा ४० मेगा पिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा

ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा यो सिरिजको सबैभन्दा प्रिमियम स्मार्टफोन हो । ६.९ इञ्चको क्वाड एचडी डाइनामिक एमोलेड डिस्प्ले रहेको फोनमा १०० गुणा डिजिटल जूमसहितको १०८ मेगापिक्सेलको मूख्य क्यामरा रहेको छ ।

१२० हर्ज रिफ्रेश रेट रहेको फोन एचडीआर १० प्लस सर्टिफाइड रहेको छ । यो फोन १२ जीबी र १६ जीबी र्‍याम अप्सनमा आएको छ । जुन १२८, २५६ र ५१२ जीबी स्टोरेज भेरियन्टमा रहेको यो फोनको मेमोरीलाई माइक्रो एसडी कार्डमार्फत एक टीबीसम्म बढाउन सकिन्छ ।

Guess what the first TV ad for the Samsung Galaxy S20 Ultra 5G "focuses" on

१०८ मेगापिक्सेलको प्राइमरी सेन्सरका साथ ४८ मेगापिक्सलको टेलिफोटो लेन्स, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड एंगल लेन्स र डेप्थ सेन्सर सहितको क्यामरा रहेको फोनमा सेल्फीका लागि ४० मेगापिक्सलको क्यामरा रहेको छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने, ४५ वाटको फास्ट चार्जिङ सिस्टम रहेको छ । यो फोनको सुरुवाती बजार मूल्य १३९९ डलर (करिब १ लाख ५९ हजार रुपैयाँ) तोकिएको छ ।

ग्यालेक्सी एस ट्वान्टी प्लस

६.७ इञ्चको क्वाड एचडीप्लस डाइनामिक एमोलेड डिस्प्ले रहेको ग्लोक्सी एस २० प्लस स्मार्टफोन एचडीआर १० पल्स सर्टिफाइड रहेको छ । फोन ८ जीबी र्‍याम तथा १२८ जीबी रोम र १२ जीबी र्‍याम तथा ५१२ जीबी रोम अप्सनमा आएको छ । यो फोनमा पनि एक टिबीसम्मको माक्रो एसडी कार्ड सर्पोट गर्छ ।

Image result for samsung galaxy s20 headphone

फोनमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा रहेको छ भने १२ मेगापिक्सेलका दुई क्यामरासहित एउटा डेप्थ सेन्सर दिइएको छ । फोनमा सेल्फीका लागि १० मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ । फोनमा ४५०० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ । यसको बजार मूल्य ११९९ डलर (करिब १ लाख ३६ हजार रुपैयाँ) राखिएको छ ।

सामसङ ग्यालेक्सी एस ट्वान्टी

यो सिरिजमा ग्यालेक्सी एस ट्वान्टी अरुभन्दा सस्तो फोन हो । फोनमा ६.२ इञ्चको क्वाड एचडी डाइनामिक एमोलेड डिस्प्ले रहेको छ । ८ जीबी र १२ जीबी र्‍याम अप्सनमा आउने स्मार्टफोन १२३ जीबी इन्टरनल मेमोरी रहेको छ । फोनले एक टिबीसम्मको माईक्रो एसडीकार्ड सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

Image result for samsung galaxy s20 ultra

एस ट्वान्टीमा ट्रिपल रियर क्यामरा राखिएको छ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सरसहित १२ मेगापिक्सलको वाइड एंगल लेन्स र १२ मेगापिक्सलको अल्ट्रा–वाइड एंगल लेन्स सेटअप रहेको छ । सेल्फीका लागि यो फोनमा १० मेगापिक्सलको क्यामरा दिइएको छ ।

२५ वाटको फास्ट चार्जिङसहित यसमा ४००० एमएएचको ब्याट्रि रहेको छ । यसको सुरुवाती बजार मूल्य ९९९ डलर (करिब १ लाख १३ हजार रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१