close

महिला उद्यमीको तथ्याङ्क संकलन गर्न साढे ११ करोडको परियोजना

टेकपाना टेकपाना

फागुन २५, २०७६ १३:५०

महिला उद्यमीको तथ्याङ्क संकलन गर्न साढे ११ करोडको परियोजना

काठमाडौं । वुमन ईन स्टिम नेपाल, ओपन नलेज नेपाल वुमन लिडर्स ईन टेक्नोलोजीले संयुक्त परियोजनाका लागि साझेदारी गरेका छन् । तीनै संस्थाबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अन्तर्गत कम्पनीहरुले नेपालका महिला उद्यमीको तथ्याङ्क तयार पार्नेछन् । यसरी संकलित डेटामा सबैको सहज पहुँच रहने बताइएको छ । यस्तो डेटाले सरोकारवाला तथा नयाँ उद्यमीलाई पनि तथ्यमा आधारित रहेर निर्णय लिन श्रोतको रुपमा काम गर्ने विश्वास लिइएको छ ।

परियोजनाले अनुसन्धान र सहायताबाट नेपालमा महिला उद्यमीहरुको तत्कालिन अवस्था उजागर गर्ने लक्ष लिएको छ । यस्ता परियोजनाले बजार विश्लेषणका लागि खर्च हुने धेरै रकमलाई कटौती गर्ने अपेक्षा छ । परियोजनाका लागि १० लाख अमेरिकी डलर अर्थात साढे ११ करोड रुपैयाँभन्दा बढी रकम फण्डको रुपमा संकलन गर्ने परियोजनाको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१