close

पूर्व सञ्चारमन्त्री बास्कोटाको घरमा बम बिस्फोट

टेकपाना टेकपाना

फागुन २८, २०७६ ९:२६

पूर्व सञ्चारमन्त्री बास्कोटाको घरमा बम बिस्फोट

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम बिस्फोट भएको छ । बुधबार बिहान पौने आठ बजेको समयमा अज्ञात समूहले बास्कोटाको लोकन्थली स्थित घरमा प्रेसरकुकर बम बिस्फोट गराएको हो ।

तल्ला थप्ने क्रममा रहेको घरको पर्खाल भित्र बम राखिएको बताइएको छ । प्रहरीका अनुसार बिस्फोटबाट घरको पर्खाल भत्किएको छ भने छिमेकीका घरका सिसा फुटेका छन् र नजिकै रोकी राखिएको भ्यानमा समेत क्षति पुगेको छ ।

सेक्युरिटी प्रेस खरीदमा ७० करोड रुपैयाँ कमिसन बार्गेनिङ गर्दै गरेको अडियो बाहिरिएपछि तत्कालिन मन्त्री बाँस्कोटाले गत फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१