काठमाडौं । सामसङले आफ्नो पछिल्लो उत्पादन ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लसको प्रि–अर्डरमा नयाँ योजना सार्वजनिक गरेको छ । यसअघिका सामसङ ग्यालेक्सी एस सिरिज र नोट सिरिजका प्रयोगकर्ताले उक्त फोन ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लससँग साट्न सक्ने योजना ल्याइएको हो ।
सामसङ ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लस स्मार्टफोन फागुन १९ गते नेपाली बजारमा सार्वजनिक भएको थियो । शुक्रबारदेखि नेपाली बजारमा उपलब्ध हुने यो फोनमा एक्सचेन्ज अफर ल्याइएको हो ।
एक्सचेन्जमा कम्पनीले पुराना प्रयोगकर्ताको मोबाइलको भ्यालुएसन गर्दा आउने मूल्यमा थप पाँच हजार उपलब्ध गराउने जनाएको छ । त्यसमा कम्पनीले तोकेको शर्त भने लागु हुने उल्लेख गरिएको छ । बुधबारबाट सुरु भएको यो अफर शुक्रबारसम्म मात्रै चल्ने छ ।
अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो मोबाइल फोन र मोबाइल किनेको भौचर समेत साथमै उपलब्ध गराउनु पर्नेछ । त्यसपश्चात कम्पनीका प्रतिनिधिले आवश्यक कागजतको लागि सम्पर्क गर्नेछन् ।
त्यसमा पासपोर्ट साइजको फोटो, नागरिकता वा ड्राइभिङ लाइसेन्सको फोटोकपी उपलब्ध गराउनु पर्नेछ । त्यसका आधारमा कम्पनीले आवश्यक प्रमाणीकरणको गर्नेछ । प्रमाणीकरण पश्चात कम्पनीले प्रयोगकर्ताले उपलब्ध गराएको फोनको अवस्थाको अध्ययन गर्नेछ ।
त्यसआधारमा कम्पनीले अनलाइनमार्फत नै उक्त मोबाइलको भ्यालुयसन गर्नेछ । अनलाइनबाट हुने भ्यालुयसनले उक्त मोबाइलको मूल्य निर्धारण गर्नेछ । उक्त मूल्य चित्त बुझेको खण्डमा मात्रै कम्पनीले प्रयोगकर्तासँग सम्झौता गर्ने जनाइएको छ ।
| अफर उपलब्ध स्थान | |
|---|---|
| शो-रुम | स्थान |
| काठमाडौं भित्र | |
| सामसङ प्लाजा | बौद्ध |
| सामसङ प्लाजा | दरबार मार्ग |
| सामसङ प्लाजा | सिभिल मल |
| सामसङ प्लाजा | पुल्चोक |
| सामसङ प्लाजा | बानेश्वर |
| सामसङ प्लाजा | भक्तपुर |
| आईएमएस स्मार्ट | बौद्ध |
| आईएमएस स्मार्ट | दरबार मार्ग |
| आईएमएस स्मार्ट | जावलाखेल |
| आईएमएस स्मार्ट | कमलादी |
| आईएमएस स्मार्ट | खिचापोखरी |
| आईएमएस स्मार्ट | न्युरोड |
| काठमाडौं बाहिर | |
| १ ए टु जेड मोबाइल केयर २ चाँदनी मोबाइल ३ मोबाइल एण्ड मोबाइल ४ आरसी मोबाइल सेन्टर ५ वाइबा मोबाइल, उर्लाबारी | बिराटनगर |
| १ नैना इलैक्ट्रोनिक्स २ कनक मोबाइल ३ सनराज मोबाइल ४ आर्कित इन्टरप्राइज ५ बिधाता स्टोर ६ दिपंकर स्टोर ७ अन्जु श्री स्टोर | इटहरी |
| १ रुप इन्टरप्राइज २ न्यु पाथिभरा ट्रेड कन्सर्न ३ गिरिस इन्टरप्राइज | बिर्तामोड |
| १ सेभेन इलाभेन मोबाइल शप २ अधिकारी मोबाइल सेन्टर ३ क्यानभास मोबाइल सेन्टर ४ हेलो बसपार्क ५ मकवानपुर मोबाइल सेन्टर ६ मास्टर मोबाइल ७ न्यु हेटौडा मोबाइल सेन्टर ८ न्यु आरटु मोबाइल सेन्टर ९ निशान मोबाइल एण्ड वाच सेन्टर १० श्री पशुपती ११ शुभलक्ष्मी मोबाइल सेन्टर १२ भ्वाइस मार्ट | हेटौडा |
| १ मनकामना इलेक्ट्रोनिक्स एण्ड वर्कशप | नारायणी अञ्चल |
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ ४:३९
