close

लेखा समितिले सेक्युरिटी प्रेस खरीद प्रकरणको अध्ययन गर्ने

टेकपाना टेकपाना

फागुन ३०, २०७६ १३:४१

लेखा समितिले सेक्युरिटी प्रेस खरीद प्रकरणको अध्ययन गर्ने

संसदको सार्वजनिक लेखा समितिले तत्कालका लागि सेक्युरिटी प्रेस खरीदको प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले हालको प्रक्रिया रद्द गर्ने र सेक्युरिटी प्रिन्टिङ आवश्यक नै परे खुल्ला प्रतिस्पर्धाको प्रक्रियाबाट जान सरकारलाई निर्देशन दिएको हो ।

यसका साथै समितिले सेक्युरिटी प्रेस खरीदका नाममा गरिएको अनियमितता तथा कमिसन प्रकरण माथि छानबिन गर्न उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ । यसैगरी समितिले उक्त प्रकरणमा अध्ययन गर्न अख्तियारलाई अध्ययनकाा लागि पत्र पठाउने छ ।

सेक्युरिटी प्रेस खरीद गर्ने नाममा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड घुस रकमका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएको थियो । कमिसन प्रकरणमा मुछिए पछि बाँस्कोटाले ८ फागुनमा पदबाट राजीनामा दिएका थिए ।

समितिको अबको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र मूख्य सचिव लोकदर्शन रेग्मीलाई बाेलाएर छलफल गरिनेछ । सेक्युरिटी प्रेससँगै सञ्चार मन्त्रालय अन्तरगत हाल जीटुजी प्रक्रिया मार्फत अगाडि बढाइएका सबै परियोजना समेत रोक्न भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१