close

समाचारका लागि सामाजिक सञ्जालमा भर पर्नेहरुमा कोरोनाको भ्रम !

टेकपाना टेकपाना

चैत १७, २०७६ १६:४९

समाचारका लागि सामाजिक सञ्जालमा भर पर्नेहरुमा कोरोनाको भ्रम !

एजेन्सी । पिउ रिसर्च सेन्टरले गरेको एउटा नयाँ सर्वेक्षणले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि सूचनाप्रति मानिसहरुको मिश्रित प्रतिक्रिया रहेको देखाएको छ । कोभिड १९ बारे जानकारी लिन सामाजिक सञ्जाल प्रयोग गर्ने र परम्परागत सामाचार स्रोतमा निर्भर रहने दुई वर्गबीच कोरोनाको जानकारी फरक फरक रहेको पाइएको हो । 

पिउ रिसर्च सेन्टरले मार्च १० मा अमेरिकाका ८,९१४ वयस्क युवाहरुमा उक्त सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा राजनीतिक र चुनावी समाचारहरु उपभोग गरेको आधारमा सर्वेक्षणका सहभागीहरुलाई वर्गीकरण गरिएको थियो । 

सामाजिक सञ्जालबाट समाचार पढेको बताउने ३७ प्रतिशत सहभागीले कोभिड १९ को भ्याक्सिन यो वर्षमा नै उपलब्ध हुने जवाफ दिएका थिए । उक्त जवाफ हालको वैज्ञानिकहरुको विश्लेषणसँग मेल खान्छ । जब कि लोकल टीभी ग्रुपबाहेक कम्तिमा ५० प्रतिशतले सही उत्तर दिएका थिए । 

सामाजिक सञ्जालबाट समाचार हेर्नेहरुमध्ये एक तिहाईले भ्याक्सिन उपलब्धताको बारेमा आफूहरुलाई थाहा नभएको उत्तर दिएका थिए । सामाजिक सञ्जालबाट समाचार हेर्नेमध्येका ५७ प्रतिशतले कोभिड १९ का केही समाचारहरु पूर्णरुपमा बनावटी रहेको बताएका थिए । 

छापा मिडियाबाट समाचार हेर्नेहरुमध्ये ३७ प्रतिशतले पनि यस्तो उत्तर दिएका थिए । तर भयावह अवस्था तब देखियो जब सामाजिक सञ्जालबाट समाचार हेर्ने अधिकांश मानिसहरुले कोभिड १९ को त्रासलाई अतिरन्जित बनाइएको बताए ।

सामाजिक सञ्जालको समाचारमा निर्भर रहने ४५ प्रतिशतले मिडियाले जोखिमलाई अतिरन्जित तुल्याएको बताएका थिए । 

रोडियो समाचार सुन्ने ४४ प्रतिशतले मिडियाले यो भाइरसको त्रासलाई बढाईचढाई गरेको बताएका छन् । यस्तै छापा माध्यमको समाचार हेर्ने २६ प्रतिशतले पनि सोही किसिमको प्रतिक्रिया दिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१