close

चिनियाँ अर्बपति ज्याक माको सहयोग नेपाल आइपुग्यो

टेकपाना टेकपाना

चैत १६, २०७६ १६:१९

चिनियाँ अर्बपति ज्याक माको सहयोग नेपाल आइपुग्यो

काठमाडौं । ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनको सहयोग नेपाल आइपुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि माले प्रदान गरेको चिकित्सा सामग्री सहितको पहिलो टीप आइतबार त्रिभुवन अन्तरर्रािष्ट्रय विमानस्थलमा काठमाडौंमा आइपुगेको हो ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त अनुदान सहयोगको बुझेर देशभर वितरण गर्नेछ । ज्याक माले केही साता अघि मात्र नेपाल सहित २३ एसियाली देशहरुका लागी कुल ७४ लाख मास्क, १ लाख सुरक्षात्मक कपडाहरु लगायतका अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु सहयोग गर्ने घोषणा गरेका थिए ।

ज्याक माको कम्पनी अलिबाबा मातहतका दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले उक्त सहयोग सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा चीनकी राजदूत हौ यान्की र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको पनि उपस्थिति रहेको थियो ।

ज्याक मा फाउण्डेसनले अनुदान सहयोगबाट नेपाललाई कोभिड–१९ नियन्त्रण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ । उसले भनेको छ, ‘हामी विश्व समुदायलाई सहयोग पुर्‍याउन सक्दो प्रयास गरिरहेका छौं । आवश्यक परको ठाँउहरुमा चिकित्सा सामग्री पुर्‍याउन सजिलो छैन, तर हामी कडा परिश्रम गरिरहेका छौं ।’

माले थप सहयोग आउँदा दिनमा घोषणा गर्न सक्ने समेत बताइएको छ । ज्याक मा फाउडेशन र अलीबाबा फाउन्डेशनले अफिलीएटेड अस्पताल झेजियांग विश्वविद्यालय स्कूल अफ मेडिसिनका डाक्टरहरू, अन्य मेडिकल प्रशासकहरू र स्टाफका अनुभव सहितका महत्वपूर्ण चिकित्सा पुस्तिकाको प्रकाशनमा पनि सहयोग गरेका थिए ।

चिकित्सा प्रशासकहरु र कर्मचारीहरु उक्त पुस्तिका डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६