close

गोपनीयता र प्रयोगको नीतिमा प्रतिवद्ध छौँः ई–सेवा

टेकपाना टेकपाना

चैत २१, २०७६ १२:२८

गोपनीयता र प्रयोगको नीतिमा प्रतिवद्ध छौँः ई–सेवा

काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी विगत केही दिनदेखि चर्चामा छ । एक अनलाइन न्युज पोर्टलको समाचार डिलिट गरेको विषयलाई ईसेवाको भगिनी कम्पनी शिरान टेक्नोलोजीले स्वीकार गर्दै माफी समेत मागिसकेको छ ।

ई–सेवाले भने समाचार पोर्टलको न्यूज हटाइएको विषयमा ई–सेवालाई अनावश्यक रुपमा मुछ्ने काम भएको भन्दै खेद प्रकट गरेको छ । शुक्रबार कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ, ‘समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र ई–सेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा हामीमाथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन ।’

विगत ११ वर्षदेखि भुक्तानी सेवा प्रदायकका रुपमा काम गर्दै आइरहेको ईसेवालाई नेपालमा विद्युतीय भुक्तानीको जग बसाल्न महत्वपुर्ण काम गरेको थियो । पछिल्लो समय नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरको ई–सेवा नियमनको दायरामा आइसकेको छ ।

‘ई–सेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको कुरा आम ग्राहकलाई जानकारी गराउछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘हामीले ग्राहकलाई भुक्तानी सेवा दिने हुँदा यसका लागि आवश्यक प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसः पालना गरेका छौँ ।’

लकडाउनको विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि आफ्ना कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तर्गत २४ सै घण्टा कटिबद्ध रहेको भनदै ई–सेवाले नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक आग्रह गरेको छ ।

उसले भनेको छ, ‘हामी यसका लागि एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौँ । नगदरहित नेपाल बनाउने अभियानमा हामी किञ्चित पनि बिचलित छैनौं र हुनेछैनौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१