close

एआईले स्वास्थ्य सेवालाई कसरी मद्दत गर्न सक्छ ?

टेकपाना टेकपाना

बैशाख १, २०७७ १५:३३

एआईले स्वास्थ्य सेवालाई कसरी मद्दत गर्न सक्छ ?

काठमाडौं । माइक्रोसफ्टका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) केभिन स्कटले आफ्नो नयाँ पुस्तक ‘री प्रोग्रामिङ द अमेरिकन ड्रिम: फ्रम रुरल अमेरिका टु सिलिकन भ्याल्ली-मेकिङ एआइ सर्भ अस अल’ बारे भर्ज कास्टसँगको अन्तरवार्ता श्रृंखलामा  कुराकानी गरेका छन् । 

स्कटको पुस्तकमा आर्टिफिशियल इन्टेलिजेन्स र मेसिन लर्निङले ग्रामीण अमेरिकालाई रोजगारी देखि शिक्षा र सार्वजनिक स्वास्थ्यमा कसरी आधारभूत विधिबाट सहयोग पुर्‍याइरहेको छ भन्ने विषयलाई प्रस्तुत गरेका छन् ।

उक्त पुस्तकको एउटा च्याप्टरमा केभिनले आजको विश्वमा एआईले स्वास्थ्य सेवा र रोगको पहिचानमा कसरी सहायता गर्छ भन्ने विषयमा केन्द्रीत रहेका छ । हालको जस्तो संकटको अवस्थाको समाधानका विषयमा पनि स्कटले आफ्नो पुस्तकमा लेखेका छन् ।

विशेषगरी ‘नेचुरल ल्याङग्वेज  प्रोसेसिङ’ बाट प्रशिक्षित गर्न प्रयोग गरिने सुपर कम्प्युटरलाई प्रयोग गरेर कोरोना भाइरसको भ्याक्सिन र थेरापीको खोजी गर्न सकिने कुरामा उनले जोड दिएका छन् ।

विशेषगरी अहिलेको जस्तो संकटको अवस्थामा एआईले कसरी स्वास्थ्य सेवालाई सहयोग पुर्‍याउन सक्छ ?  केभिनकै शब्दमा :

अहिले केही कुरा देखा परेका छन् ।  मैले पुस्तकमामा उल्लेख गरेको एउटा कुरा अहिले चर्चामा छ । हाम्रो समाजको अहिलेको उद्देश्य भनेको सबैका लागि उच्च गुणस्तर र सुलभ स्वास्थ्य सेवा हो ।

मेरो विचारमा यी सबै कुरा प्राप्त त्यतिखेर मात्र हुनसक्छन्, जतिखेर  हामी हस्तक्षेपकारी प्रविधिका पछिल्लो विकासलाई प्रयोग गर्ने छौँ ।‍ र एआई नै त्यो हस्तक्षेपकारी प्रविधि हो । तपाईंले एआईमा आधारित डायग्नोस्टिक फ्रन्टमा धेरै विकास पनि देख्दै आउनु भएको छ ।

संकटबाट गुज्रिरहेको अहिलेको अवस्थामा धेरैजनाले अहिले यसमाथि काम गरिरहेका छन् । मैले च्यान जुकरवर्ग इनिसिएटिभ्सबारे सुनेको थिएँ । 

उनले गरिरहेको काममा शरीरको सबै भागमा बायोमेट्रिक सेन्सिङ (जस्तै स्मार्टवाच वा फिटनेस ब्याण्ड वा त्योभन्दा अझै जटिल उपकरण) राख्ने हो भने यसले मुटुको धड्कनको डेटा, शरीरको तापमान र रगतमा अक्सिजनको सेचुरेसन मापन गर्न सक्छ ।

यी डेटाहरु उपलब्ध भएको अवस्थामा यसले हाम्रो शरीरको पर्फमेन्सको बायोमेट्रिक अध्ययन गर्नसक्छ । सिमित समयभित्र यसको सहायताबाट हामी डायग्नोस्टिक मोडल तयार गर्न सक्छाैं ।

जसले यी डेटालाई हेरेर हामी विरामी हुन लागेका छाैं वा छैनाैं भन्ने कुराको तथ्यमा आधारित रहेर अनुमान गर्नसक्छ । साथै हाम्रो शरीरमा के भइरहेको छ र के हुन लागेको छ भन्ने कुराको पनि अनुमान गर्नसक्छ ।

एउटा कार्डियोलोजिस्टले दिनभर नै तपाईंको हेरचाह गरेर बस्न सक्दैन  । तपाईंको राम्रो वार्षिक कोर्डियोलोजिकल परीक्षण गराउन विश्वमा पर्याप्त कार्डियोलोजिस्टहरु पनि छैनन् । 

यो कुरा असम्भव छैन । यी उपकरणहरु व्यापक मात्रामा प्रयोगमा ल्याउने हो भने स्वास्थ्य क्षेत्रमा हामीले सोचेजस्तो आगामी मार्ग कोर्न सक्छाैं । र यसले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सहयोग गर्नेछ । 

अर्को एउटा होस नै उडाउने विज्ञान छ । जसलाई बायोसाइन्समा एआई र अहिलेका अत्याधुनिक उपकरणहरुको संगमले तयार गर्न सकिन्छ । उदाहरणका लागि माइक्रोसफ्टमा हामीले दुई वटा काम गरेका छाैं ।

बायोलोजीमा हामीले लामो समयदेखि एउटा समस्या देख्दै आइरहेका छाैं । वर्षाै‌देखि इम्युनोलोजिस्टहरु शरीरमा वितरण भएका टी सेल्सलाई हेरेर प्रतिरक्षा प्रणालीलाई अध्ययन गर्न सकिन्छ कि भनेर खोज अनुसन्धान गरिरहेका छन् । 

यो प्रोफाइलबाट शरीर कुन रोगसँग लडिरहेको छ र कुनसँग लड्न तयारी गर्दैछ भन्ने कुराको निर्क्योल गर्नसकिन्छ ।

इम्युनोलोजिस्टहरु टी सेल रिसेप्टर एन्टी जिन म्याप बनाउने प्रयास गरिरहेका कारण यी कुराहरु पत्ता लगाउन अप्ठ्यारो भइरहेको छ ।

तर अहिले हामीसँग उपलब्ध सिक्वेन्सिङ प्रविधिका कारण यो प्रोफाइल तयार गर्न हामी सक्षम भएका छौं । जसबाट हामी हाम्रो प्रतिरक्षा प्रणालीले के काम गर्दैछ भन्ने कुरा हेर्नसक्छाैं ।

तर रोगका लागि प्रतिरक्षा प्रणालीको म्यापिङलाई कसरी तयार गर्ने भनेर हामीले पत्ता लगाउन सकेका भने छैनौं ।

अहिले हामीले एडप्टिभ नामक एउटा कम्पनीसँग साझेदारी गरेका छाैं । जसले एकदमै राम्रो काम गरिरहेको छ । म्यापिङको बनावट निर्धारण गर्न मसिन लर्निङको प्रयोग गर्दैछ ।

अहिले हामी रगत परीक्षण जस्तो सेरोलोजिक टेस्ट गर्दैछौँ । यसबाट हामी कुनै व्यक्तिलाई कोभिड-१९ को संक्रमण छ वा छैन भन्ने कुरा पत्ता लगाउन सक्ने छाैं । 

यसले स‍ंक्रमणलाई बुझ्न सहयोग गर्छ । यो नसल स्वाब वा अन्य सिक्वेन्समा आधारित परीक्षण जस्तो राम्रो डायग्नोस्टिक टेस्ट त बन्नसक्दैन । तर यो एकदमै रोचक हुन्छ ।

यसले अहिलेको कोभिड-१९ को संक्रमणलाई मात्र होइन तपाईंले प्रतिरक्षा प्रणालीको प्रोफाइल बुझ्न सक्नु भयो भने यसको फाइदा व्यापक हुन्छ । हामी दशकाैं देखि यही काममा लागिरहेका छाैं ।अहिले मानिसहरु कोभिड-१९ संक्रमण गर्ने सार्स कोभिड ई भाइरसको बारेमा सोचिरहेका छन् ।

हाम्रो मानव इतिहासमै भाइरस र यसले मानिसको शरीरमा कसरी हमला गर्छ भन्ने कुराको अध्ययन र बुझाई छैन । र यसको सामना गर्न हामीसँग इन्जिनियरिङ, सम्भावित थेरपाी र भ्याक्सिनहरु जस्ता टूलहरु पनि छैनन् ।

अहिले हामीले गरिरहेको अर्को काम भनेको इन्जिनियरिङ प्रक्रियाको हिस्साको रुपमा हामीले सिमुलेसन, मेसिन लर्निङ र अत्याधुनिक प्रविधिहरुलाई मिलाएर यी सबै स्वास्थ्य उपकरण र डायग्नोस्टिक प्रविधिको विकास गर्न लागि परिरहेका छाैं ।

अहिले हामी यो काम साझेदारसँग मिलेर गर्दै छाैं । यसका लागि हामीले नेचुरल ल्याङग्वेज प्रोसेसिङ प्रशिक्षण गराएको सुपर कम्प्युटिङ क्लस्टर, डिप न्युरल नेटवर्कलाई व्यापक मात्रामा प्रयोग गरेका छाैं । यो क्लस्टरलाई प्रयोग गरेर कोभिडको भ्याक्सिन र थेरापीको खोजी गरिरहेका छाैं ।

थेरापी र सम्भावित भ्याक्सिनको खोजी गर्ने यो दौडमा हामी तीब्र गतिमा काम गरिरहेका छाैं । यसकारण आशावादी हुने ठाउँ छ । तर जानलाई अझै धेरै लामो बाटो छ ।

यी प्रविधिहरु एकसाथ आएको देख्दा मलाई नै विश्वास लाग्दैन । वर्तमान समयमा एकतर्फ यो संकटसँग जुधिरहँदा अर्को तर्फ हामी यसलाई समाधान गर्न कति नवीन कुराहरुको अन्वेषणहरु गर्न सक्षम रहेछाैं भन्ने देखेर आशावादी पनि छु ।

दोस्रो विश्वयुद्ध ताका अर्थात १९४० को दशकमा औद्योगिक क्रान्तिबाट आधुनिक विश्वको नयाँ जग बसाउने क्रान्तिले जस्तै बायोलोजिक साइन्समा भएको यो क्रान्तिको पनि ठूलो प्रभाव रहने छ ।

द भर्जबाट अनुवादित ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४